चीनद्वारा अमेरिकी सान्फ्रान्सिसको शहरका मेयरले चीन भ्रमण गर्नुहुने
2024-04-01 16:51:18cri
Share with:

अमेरिकी क्यालिफोर्निया राज्यको सान्फ्रान्सिसको शहरका मेयर लण्डन ब्रिडले चीनको भ्रमण गर्नुहुने भएको छ। उहाँको भ्रमणलाई चीनले स्वागत गर्नुका साथै यस भ्रमणले सकारात्मक प्रतिफल प्राप्त गर्दै सान्फ्रान्सिसको शहर र चीन बीचको सहकार्य तथा चीन-अमेरिका अन्य क्षेत्रीय आदानप्रदानलाई प्रबर्द्धन गरिने आशा चीनले गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अप्रिल १ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

 

प्राप्त जानकारी अनुसार, अमेरिकी क्यालिफोर्निया स्टेटको सान्फ्रान्सिसको शहरका मेयर लण्डन ब्रिडले चीनको भ्रमण गर्नुहुने घोषणा गर्नुभएको हो।

 

यस विषयबारे चर्चा गर्दै प्रवक्ता वाङ वन पिनले चीन र अमेरिका दुवै देशका विभिन्न क्षेत्रका व्यक्तिहरू बीच झन् बढी आवत जावत, आदानप्रदान गर्ने र आपसी सहकार्यलाई गहन पार्ने कुरालाई समर्थन र प्रोत्साहन गर्दै आएको बताउनुभएको छ।