जाम्बियाका युवा ता लिनको चीन बसाइको कथा-१
2024-04-01 09:32:39cri
Share with:

हजारौँ किलोमिटर टाढा रहेको जाम्बियाका युवा ता लिनले चीनलाई मन पराउनुभएकोले पढाइ तथा स्वरोजगारी गर्न एक्लै सी आन शहरमा आउनुभएको छ।

 

“६० वर्ष बितिसक्यो। हामी साँच्चै साथी हौँ।”

 

जाम्बियाका युवा ता लिन चीन आएपछि आफ्नो मनमा सबैभन्दा गहिरो छाप परेको शब्द “साथी” हो। चालू वर्ष चीन र जाम्बिया बीच दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव हो। सन् १९६४ को अक्टोबर २९ तारिख जाम्बिया दक्षिण अफ्रिका महादेशमा चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक बनेको थियो।

 

मेरा एकजना चिनियाँ साथीले चीनको प्राथमिक विद्यालयमा एउटा पाठ “काठबाट बनाइएको मूर्ति बेच्ने बच्चा” रहेको र त्यसले जाम्बिया-चीन बीचको मित्रताबारे बयान गरेको मलाई बताउनुभयो।

धेरै अफ्रिकीहरु जस्तै ता लिनले “चिनियाँ कुङ फु”बाट चीनबारे जानकारी लिनुभएको थियो।

 

सानो उमेरमा मैले “ह्वाङ फै होङ” र “हो युआन च्या” जस्ता चिनियाँ कुङ फु सम्बन्धी चलचित्र हेरेको थिएँ। तत्कालै मलाई चिनियाँ संस्कृति असाध्यै मन परेको थियो। मैले सबै चिनियाँहरुलाई कुङ फु आउने र उनीहरु उड्नसक्ने सोच-विचार गरेको थिएँ। तैपनि चीन आएपछि सबै चिनियाँहरुलाई कुङ फु आउँदैन भन्ने कुरा थाहा पाएँ। यो कुरा चिनियाँहरुले सबै अफ्रिकीहरुलाई नाच्न आउने सोच-विचार गरेजस्तै हो, तर यो साँच्चै होइन।

 

ता लिनले आफूलाई नाच्न नआउने भन्दै चिनियाँ कुङ फु अध्ययन गर्दै आएको बताउनुभयो। अहिले उहाँले सी आन शहरको उत्तर-पश्चिमी उद्योग विश्वविद्यालयमा अध्ययन गर्दै हुनुहुन्छ। हरेक बिहान उहाँ ताजा वायु भएको वातावरणमा विश्वविद्यालयमा योङ छुन बक्सिङ खेल्नुहुन्छ। चीनमा बसेको १० वर्षमा ता लिनले आनन्ददायी छङ तु, लामो इतिहास भएको पैचिङ तथा आधुनिक शाङहाई लगायत चीनका धेरै ठाउँहरु घुम्नुभएको छ। तथापि उहाँको मनमा रहेको र सबैभन्दा बढी माया गर्ने शहर सी आन हो।

 

संस्कृति तथा इतिहासबाट हेर्दा सी आनको महत्त्वपूर्ण अर्थ छ। मैले चिनियाँ परम्परागत पोशाक लगाएर चीनको थाङ राजवंशमा भएको जीवनको अनुभव गरेको थिएँ। मलाई सी आनको मीठो खाना पनि धेरै मन पर्छ।