पाकिस्तानमा गराइएको आतंकवादी हमलामा मृत्यु भएका चिनियाँहरुको शव चीनमा ल्याइयो
2024-04-01 18:43:57cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अप्रिल १ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा पाकिस्तानको दासु परियोजनामा गराइएको आतंकवादी हमलामा मृत्यु भएका पाँच जना चिनियाँहरुको शव अप्रिल १ तारिख पाकिस्तानको सैनिक विमानबाट चीनमा ल्याइएको जानकारी दिनुभएको छ।

 

पाकिस्तानले सत्यतथ्य पत्ता लगाएर अपराधीलाई गम्भिरताका साथ कारवाही गर्न चीनले दृढताका साथ समर्थन दिँदै पाकिस्तानमा रहेका चिनियाँहरु, चिनियाँ परियोजना तथा संस्थाहरुको सकेसम्म संरक्षण गर्ने प्रवक्ता वाङले बताउनुभयो।