#अल्पसंख्यक जाति# नयाँ गुणस्तरीय उत्पादन शक्तिमार्फत् ह च जातिले अझ सुन्दर जीवनको सिर्जना गर्दै
2024-04-02 14:44:13cri
Share with:

चिनियाँ राजनीतिक जीवनमा निकै महत्त्वपूर्ण मानिने चौधौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशन र चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सम्पन्न भइसकेको छ।

 

लिउ लै राष्ट्रिय जन काँग्रेसमा ह च जातिको एक मात्र प्रतिनिधि हुनुहुन्छ। ह च जातिको जनसंख्या ५०००भन्दा केही बढी मात्र भएको अल्पसंख्यक जाति हो। चिनियाँ कानून र व्यवस्थाबमोजिम ५५ अल्पसंख्यक जातिहरूले जनसंख्या बढी वा कम भए पनि आफ्नो जातीय प्रतिनिधिको निर्वाचन गर्ने र चीनको सर्वोच्च आधिकारिक संस्थामा आफ्नै आधिकारिक शक्तिको प्रयोग गर्ने अधिकार छ।

 

लिउ लै चारपटक राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि नियुक्त हुनुभइसकेको छ। हरेक पटक राष्ट्रिय जन काँग्रेसको प्रतिनिधिको कार्यवधि पाँच वर्षको हुन्छ। त्यसैले चालु वर्ष लिउ लैले राष्ट्रिय जन काँग्रेसको प्रतिनिधिको कार्य व्यवहारमा उतार्ने १७औँ वर्ष हो। आजको अल्पसंख्यक जाति कार्यक्रममा प्रतिनिधि लिउ लैको कथा सुनाउँछु।

 

लिउ लै उत्तर-पूर्वी चीनको हैलुङच्याङ प्रान्तीय थुङ च्याङ शहरीय इ-वाणिज्य विकास केन्द्रका जिम्मेवार व्यक्ति हुनुहुन्छ। चालु वर्ष उहाँले ह च जातिको विशेष जातीय संस्कृतिलगायत नयाँ गुणस्तरीय उत्पादन शक्तिमार्फत् स्थानीय संस्कृति तथा पर्यटन कार्यको अझ विकास गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ।

 

पहिला ह च जातिले माछा मार्ने र शिकारबाट जीवन बिताउँदथ्यो। हाल झन् झन् बढी ह च जातीयहरू माछा मार्ने जहाज छोडेर विशेष जातीय संस्कृतिमार्फत् पर्यटनको विकास गर्नथालेका छन्। लिउ लैको जानकारीअनुसार, माछाको छालाबाट बनाइएका चित्रहरू ह च जातिको विशेषतायुक्त हस्तकला हो। उत्तर-पूर्वी चीनमा हिउँ-बरफ पर्यटनको विकासका साथसाथै ह च जातिको माछाको छालाबाट बनाइएका चित्रहरू झन् झन् बढी ध्यानाकर्षित भएका छन्। विशेष गरी इ-वाणिज्य मञ्चमा निकै लोकप्रिय बन्दैछ। त्यसैले चालु वर्ष उहाँले ह च जातीय परम्परागत सांस्कृतिक व्यवसायमा सहयोग थप्ने सुझाव दिनुभएको छ।

सन् २०१६ मा लिउ लैले राष्ट्रिय जन काँग्रेसको हैलुङच्याङ प्रतिनिधि मण्डलमा सम्बोधन गर्नुभएको थियो। सो अवसरमा उहाँले हैलुङच्याङ प्रतिनिधि मण्डलको लेखाजोखामा सहभागी हुनुभएका राष्ट्राध्यक्ष सी चिनफिङलाई आफ्नो जन्मथलोबारे जानकारी दिनुभएको थियो। पहिला राष्ट्राध्यक्ष सी ह च जाति र ठाउँबारे त्यति परिचित हुनुहुँदैन भन्ने लिउ लैलाई लागेको थियो। तर लिउ लैले जन्मथलोको गीत “उसुलि ढुङ्गा गीत” गाएपछि राष्ट्राध्यक्ष सीले बाल्यकालदेखि नै उक्त गीत गाउँदैआएको बताउनुभएको लिउ लैले व्यक्त गर्नुभयो।

चालु वर्ष राष्ट्रिय जन काँग्रेसका लगभग ३००० जना प्रतिनिधिहरूमध्ये लिउ लैजस्तै अल्पसंख्यक जातीय प्रतिनिधि ४४२ जना छन्। यद्यपि ५५ अल्पसंख्यक जातीय जनसंख्याले चीनको १ अर्ब ४० करोड जनसंख्यामा ८.८९ प्रतिशत भाग मात्र ओगटेको छ, राष्ट्रिय जन काँग्रेसमा अल्पसंख्यक जातीय प्रतिनिधिको अनुपात १४.८५ प्रतिशत पुगेको छ। जनसंख्या बढी भए पनि वा कम भए पनि विभिन्न जातीय जनताको पूर्ण अधिकारको सुरक्षा गर्नु यो नै चिनियाँ विशेषतायुक्त लोकतन्त्रको एक विशेषता हो।