राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विदेशका लागि चिनियाँ राजदूतहरूको मनोनयन
2024-04-02 17:34:31cri
Share with:

जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रिय जन काँग्रेस स्थायी समितिको निर्णय बमोजिम विदेशका लागि चिनियाँ राजदूतहरूको मनोनयन गर्नुभएको छ।

जसमा गणतन्त्र सिङ्गापुरका लागि जन गणतन्त्र चीनका राजदूत सुन हाई येनको ठाउँमा छाउ चोङ मिङलाई गणतन्त्र सिङ्गापुरका लागि जन गणतन्त्र चीनका राजदूतको मनोनयन गरिएको छ।

त्यसैगरी गणतन्त्र माडागास्कारका लागि जन गणतन्त्र चीनका राजदूत को स्याउ मैको ठाउँमा ची फिङलाई गणतन्त्र माडागास्कारका लागि जन गणतन्त्र चीनको राजदूतमा मनोनयन गरिएको छ।

गणतन्त्र आङ्गोलाका लागि जन गणतन्त्र चीनका राजदुत कोङ थाउको ठाउँमा चाङ पिनलाई नियुक्त गरिएको छ।  त्यसैगरी गणतन्त्र पानामाका लागि जन गणतन्त्र चीनका राजदुत वै छ्याङको ठाउँमा स्यु स्युए युआनलाई मनोनयन गरिएको छ।