कतारद्वारा सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणको कडा निन्दा
2024-04-02 14:59:11cri
Share with:

स्थानीय समय अनुसार अप्रिल १ तारिखको साँझ कतारको विदेश मन्त्रालयले एउटा वक्तव्य प्रकाशित गर्दै सिरियामा अवस्थित इरानी दूतावासमा भएको आक्रमणको कडा निन्दा गर्दै सो आक्रमणले अन्तर्राष्ट्रिय कानून र कूटनीतिक सम्बन्ध सम्बन्धी भियना महासन्धिको आधारभूत मान्यताहरू उल्लङ्घन गरेको उल्लेख गरेको छ।

 

वक्तव्यमा कतारले कूटनीतिज्ञहरूमाथि हुने आक्रमणको पूर्ण रूपमा विरोध गर्दै अन्तर्राष्ट्रिय कानूनको मापदण्डअनुसार कूटनीतिज्ञहरूलाई सुरक्षा प्रदान गर्नुपर्ने उल्लेख गरेको छ। वक्तव्यले हिंसा र आतंकवादविरुद्ध कतारको दृढ अडानलाई पुन: पुष्टि गरेको छ। वक्तव्यमा पीडित परिवार र इरानी सरकार र जनताप्रति समवेदना व्यक्त गरिएको छ।