अमेरिकाले सिरियास्थित इरानको कूटनीतिक नियोगमा भएको आक्रमणको जिम्मेवारी लिनुपर्छ - इरानका विदेशमन्त्री
2024-04-02 15:00:10cri
Share with:

अप्रिल २ तारिख इरानका विदेशमन्त्री अब्दुल्लाहियानले सामाजिक सञ्जालमार्फत् इजरेलद्वारा सिरियास्थित इरानको कूटनीतिक नियोगमा आतंकवादी हमलापछि इरानका आधिकारिक सैन्य सल्लाहकारको मृत्यु भएकोले इरानले अप्रिल २ तारिख बिहानै इरानकालागि स्विट्जरल्याण्डको दूतावासका अधिकारीलाई परराष्ट्र मन्त्रालयमा बोलाएको उल्लेख गर्नुभएको छ।

 

अब्दुल्लाहियानले भन्नुभयो कि,“इरानले आतंकवादी हमलाको स्केलको व्याख्या गरेको छ, इजरेलको अपराधको विस्तृत वर्णन गरेको छ र अमेरिकी सरकारको जिम्मेवारीमा जोड दिएको छ।”

 

अब्दुल्लाहियानले तेहरानस्थित स्विट्जरल्याण्ड दूतावासमार्फत इरानले अमेरिकी सरकारलाई एउटा महत्वपूर्ण सन्देश पठाएको र इजरेली शासनको समर्थक भएकाले यसको जिम्मेवारी अमेरिकाले नै लिनुपर्ने बताएको छ।