केन्द्रीय अक्ष रेखाको संरक्षणकालागि बेइजिङको अनुभव
2024-04-03 10:52:45CRI
Share with:

बेइजिङको यो अक्ष रेखा करिब ७.८ किलोमिटर लामो छ, जहाँ १३ औँ शताब्दीदेखिका चिनियाँ इतिहास, चिनियाँ संस्कृति तथा सबैभन्दा महत्वपूर्ण र चीनका विशेष स्मारक वास्तुकलाहरू, धार्मिक वास्तुकलाहरू र प्रतिष्ठित वास्तुकलाहरू देख्न पाइन्छन्। यसका साथै, यो केन्द्रीय अक्ष रेखा विश्वमा सबैभन्दा लामो र पुरानो सहरीय अक्ष रेखा पनि हो।

ऐतिहासिक केन्द्रीय अक्ष रेखाको संरक्षण तथा यसको दृश्य पुनर्स्थापना गर्नकालागि विभिन्न कदमहरू सञ्चालित छन्।

बेइजिङको केन्द्रीय अक्ष रेखाको संरक्षणमा र यसको सांस्कृतिक सम्पदाको संरक्षण, उत्तराधिकार र प्रयोगमा नयाँ जीवन्त शक्ति ल्याउने, नयाँ दृश्य सिर्जना गर्ने र नयाँ नतिजाहरू प्राप्त गर्ने उद्देश्यका कारणले अक्ष रेखा सांस्कृतिक सम्पदाको उत्तराधिकार र अभिनवन प्रतियोगिताको आयोजना पनि हुँदैआएको छ। ३ पटक सफलताका साथ आयोजना गरिसकेको यो प्रतियोगितामा सहभागीको संख्याले ४ लाख कटाइसकेको छ। केन्द्रीय अक्ष रेखाको संस्कृतिको लोकप्रियता विदेशीमाझ पनि छ।