संयुक्त राष्ट्र संघद्वारा कूटनीतिक र कन्सुलर स्थानहरूमा "उल्लंघन गर्न पाइँदैन"लाई बिना शर्त सम्मान गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ
2024-04-03 14:46:59cri
Share with:

अप्रिल २ तारिख संयुक्त राष्ट्र संघका सहायक महासचिव खालिद खेयारीले सिरियाका लागि इरानी दूतावासमा भएको इजरेली हवाई आक्रमणको निन्दा गर्नुभयो। उहाँले कूटनीतिक र कन्सुलर स्थानहरूमा "उल्लंघन गर्न पाँइदैन"लाई बिना शर्त सम्मान तथा सदस्य राष्ट्रहरूले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।

 

इरानको अनुरोधमा सुरक्षा परिषद्ले सोही दिन सिरियाका लागि इरानी दूतावासमा भएको आक्रमणको विषयमा आपतकालीन सार्वजनिक बैठक बोलाएको थियो। सहायक महासचिव खेयारीले क्षेत्रीय अस्थिरताबाट जोगिनका लागि सुरक्षा परिषद्ले सबै सम्बन्धित पक्षहरूसँग सक्रिय रूपमा संलग्न हुन आह्वान पनि गर्नुभयो।