《चाउ परीवारका टुहुरा》-2
2024-04-03 14:42:45cri
Share with:

       

गु आङ्ग च्याले टुहुरालाई बचाइएको कुरा थाहा पाएपछि तीन दिनभित्र कुनै पनि मानिसले त्यस टुहुरालाई नबुझाएको खण्डमा चिन् देशका एक वर्षमुनिका सबै बच्चालाई मार्ने आदेश दियो।

      छन् यन् र चाउ तुनको एकजना राम्रो साथी थियो। उसको नाम गोङ्गसुनछुच्यु थियो। छन् यनले गोङ्गसुनछुच्युसँग छलफल गर्‍यो। ती दुइजनाको ठहर अनुसार, एकजना कुनै मान्छेले एउटा बच्चा बोकेर बाहिर गएको बेलामा गु आङ्ग च्याको पक्राउमा परेमा टुहुरा र चिन् राज्यका सबै बच्चालाई बचाउन सकिन्छ। डाक्टर छन् यनको बच्चाको उमेर र टुहुराको उमेर बराबर छ। छन यनले दु:ख सहेर भए पनि आफ्नो बच्चा गोङ्गसुनछुच्युलाई दिए। त्यसपछि उनले गु आङ्ग च्यालाई चाउ परीवारको टुहुरा गोङ्गसुनछुच्युकहाँ लुकेको झुटो कुरा सुनाए। त्यसपछि गोङ्गसुनछुच्यु र छन यनको बच्चालाई मारियो।

      गु आङ्ग च्या चाउ परीवारको टुहुरो मारिएको सोचेर निकै खुशी भयो। उसको आफ्नो छोरा नै थिएन। उसले छन यनको बच्चालाई आफ्नो छोराका रुपमा पाल्ने विचार गर्‍यो। वास्तवमा छन् यनको छोरा चाउ परीवारको टुहुरो नै थियो। तर यो कुरा तु आङ्ग च्यालाई थाहा थिएन। उ टुहुरो वच्चालाई वु शु सिकाउँथ्यो। चिन् राज्यका मानिसहरुको विचारमा डाक्टर छन् यन खराब मान्छे थिए। तीनीहरु छन् यनलाई गाली गर्थे। तर छन यनले केही पनि नभनिकन चा‌‌उ परिवारका टुहुरालाई हुर्कायो।

      पन्ध्र वर्षपछि चिन् राज्यका अर्का इमान्दार जनरल वै जिएन सिमा क्षेत्रबाट राजधानी फर्के र सबै कुरा थाहा पाएपछि रिसले डाक्टर छनलाई निकै पिट्यो।

      यस्तो अवस्थामा पनि छनले केही भनेन। वै जिएनले आफूलाई धेरै पिटेपछि पनि वै जिएन पनि एकजना राम्रो मान्छे भएको कुरामा विश्वास गरेको थियो छनले। केही समयपछि डाक्टर छनले आफ्नो बच्चा चाउ परीवारको टुहुराको सट्ट्मा मारिएको कुरा वै जिएनलाई बतायो। यो कुरा सुनेर वै ज्यादै प्रभावित भयो र चाउ परीवारको टुहुरालाई बदला लिन सघाउने वचन दियो।

      छन यन घर फर्केपछि तत्कालको कुरा चित्र बनाएर त्यस टुहुरालाई सुनाए। त्यस टुहुराले आफ्नो परीवारको कुरा थाहा पायो र बदला लिने प्रतिज्ञा पनि गर्‍यो।