राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिकी राष्ट्रपति बाइडेनसँग टेलिफोन वार्ता
2024-04-03 14:44:56cri
Share with:

अप्रिल २ तारिखको साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति बाइडेनको अनुरोधमा टेलिफोन वार्ता गर्नुभएको छ। दुई राष्ट्र प्रमुखले चीन-अमेरिका सम्बन्ध र दुवै पक्षका साझा सरोकारका मुद्दाहरूमा स्पष्ट र गहिरो विचार आदानप्रदान गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले गत नोभेम्बरमा राष्ट्रपति बाइडेनसँगको सान फ्रान्सिस्कोको भेटमा भविष्यका लागि "सान फ्रान्सिस्को भिजन" सुरु गरेको औँल्याउनुभयो। उहाँले भन्नुभयो,“पछिल्ला केही महिनाहरूमा दुवै पक्षका टोलीहरूले हामीले प्राप्त गरेको सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गरेका छन् र चीन-अमेरिका सम्बन्ध स्थिर भएको छ। अर्कोतर्फ दुई देशबीचको सम्बन्धमा नकारात्मक पक्ष पनि बढेको छ, जसमा दुवै पक्षको ध्यान जान जरुरी छ। ”

 

राष्ट्राध्यक्ष सीले चीन-अमेरिका सम्बन्धमा रणनीतिक सचेतना मुद्दाहरू सधैँ पहिलो प्राथमिकतामा रहेको कुरामा जोड दिनुभयो। सी चिनफिङले चीन-अमेरिका सम्बन्धमा थाइवान मुद्दा पहिलो रातो रेखा भएको कुरामा जोड दिनुभयो। सी चिनफिङले हङकङ, मानवअधिकार, दक्षिण चीन सागर र अन्य मामिलाहरूमा चीनको अडानबारे विस्तृत रूपमा व्याख्या गर्नुभयो।

 

बाइडेनले अमेरिका–चीन सम्बन्ध विश्वकै सबैभन्दा दूरगामी द्विपक्षीय सम्बन्ध भएको बताउनुभयो। उहाँले भन्नुभयो,“म दोहोर्‍याउँछु कि अमेरिकाले "नयाँ शीतयुद्ध" मा संलग्न हुन खोजेको छैन, चीनको प्रणाली परिवर्तन गर्न खोजेको छैन, चीनविरुद्ध गठबन्धन बलियो बनाउन खोजेको छैन, "थाइवान स्वतन्त्रता" लाई समर्थन गर्दैन र चीनसँग द्वन्द्वको कुनै चाहना छैन। अमेरिकाले एक चीन नीति अवलम्बन गरेको छ। चीनको विकास विश्वको लागि फाइदाजनक छ,अमेरिकाले चीनको विकासलाई रोक्न खोजेको छैन। ”