बेलायती कानुनविदको पुस्तकमा दक्षिण चीन सागरका टापूहरुको सार्वभौमिकता चीनसँग रहेको दाबी
2024-04-04 17:16:36cri
Share with:

हाल “दक्षिण चीन सागरको इतिहास तथा सार्वभौमिकता” शीर्षकमा पुस्तकका लेखक, बेलायतको अन्तर्राष्ट्रिय कानुन सम्बन्धी विशेषज्ञ आन्टोनी कार्टीले प्राचीन कालदेखि नै दक्षिण चीन सागरका टापुहरु चीनको अविभाज्य भाग हुँदै आएको भन्दै दक्षिण चीन सागरका टापुहरुप्रति चीनको सार्वभौमिकताको पूर्ण ऐतिहासिक तथा कानुनी प्रमाण रहेको विचार व्यक्त गर्नुभएको छ।

 

विगत दश वर्षभन्दा लामो समयमा कार्टीले १९ औँ शताब्दीदेखि दक्षिण चीन सागरप्रति अधिनस्थ अधिकार रहेका मुलुकहरुको बारेमा फ्रान्स, बेलायत तथा अमेरिकाको अभिलेख अध्ययन गर्दै दक्षिण चीन सागर गएर सर्वेक्षण गरेपछि चीनसँग दक्षिण चीन सागरका टापुहरुको सार्वभौमिकता रहेको प्रमाणित गर्नुभयो, जसले चीन सागरका टापुहरुको सार्वभौमिकताको अध्ययन गर्नका लागि महत्त्वपूर्ण ऐतिहासिक सामग्री तथा अन्तर्राष्ट्रिय कानुनअनुसार प्रमाणित गरेको छ।