मानवीय उद्दारका लागि भिडन्त रोक्न डब्लुएचओद्वारा आह्वान
2024-04-05 17:30:02cri
Share with:

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले अप्रिल ३ तारिख मानवीय सवार टोलीलाई सुरक्षित रूपमा चल्न दिनका लागि भिडन्तलाई हटाउने प्रभावकारी र स्पष्ट व्यवस्था स्थापना गर्न आह्वान गर्नुभएको छ। उहाँले विश्व स्वास्थ्य संगठनले अप्रिल ३ तारिख आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त आह्वान गर्नुभएको हो।

 

पत्रकार सम्मेलनमा महाप्रबन्धक घेब्रेएसुसले गाजा क्षेत्रमा रहेका अत्यधिक अस्पताललाई ध्वस्त पारिएको कुराप्रति आश्चर्य लागेको बताउँदै विश्व स्वास्थ्य संगठनले लगातार रूपमा सक्दो प्रयासमार्फत चिकित्सा सेवा प्रदान गर्न ती अस्पताललाई समर्थन गर्दै जाने अठोट व्यक्त गर्नुभएको छ।