चीन-अमेरिका वाणिज्य व्यापार कार्यदलको पहिलो उपमन्त्री स्तरीय बैठक
2024-04-05 17:28:56cri
Share with:

अमेरिकाको निमन्त्रणामा चीनको वाणिज्य मन्त्रालयका अन्तर्राष्ट्रिय व्यापारिक सम्झौता वार्ता प्रतिनिधि एवम् उपमन्त्री वाङ शौ वनले अप्रिल २ देखि ५ तारिखसम्म अमेरिकाको भ्रमण गर्नुभएको छ। भ्रमण अवधिमा उहाँले अमेरिकी उप वाणिज्य मन्त्री मारिसा लागोसँग संयुक्त रूपमा चीन-अमेरिका वाणिज्य व्यापार कार्यदलको पहिलो उपमन्त्री स्तरीय बैठकको अध्यक्षता गर्नुभएको छ।

उक्त बैठकमा दुवै पक्षले दुई देशका राष्ट्रनायक बीच सान्फ्रान्सिस्को भेटवार्ता र निकटको टेलिफोन वार्तामा सम्पन्न महत्वपूर्ण मतैक्यलाई व्यवहार उतार्ने मुख्य विषय बमोजिम आ-आफ्नो चासोका वाणिज्य नीति र दुवै देशका उद्योग-वाणिज्य क्षेत्रद्वारा प्रस्तुत वास्तविक वाणिज्य समस्याहरूबारे पेशागत र वास्तविक विचार-विमर्श गरेका छन्।

अमेरिकासँगै मिलेर सक्रियताका साथ दुवै देशका राष्ट्रनायकको मतैक्यलाई व्यवहारमा उतार्नुका साथै चीन-अमेरिका वाणिज्य व्यापार कार्यदलमार्फत आपसी समझदारी र सहकार्यलाई सबल पारी दुवै देशका व्यवसायका लागि व्यापारिक र लगानीको सहकार्य चलाउन अझ राम्रो वातावरणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा उपमन्त्री वाङ शौ वनले औँल्याउनुभएको छ।

चीनको निमन्त्रणामा उपमन्त्री लागोले चालु वर्षको उत्तरार्द्धमा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चिनियाँ पक्षसँगै चीन-अमेरिका वाणिज्य व्यापार कार्यदलको दोस्रो उपमन्त्री स्तरीय बैठकको अध्यक्षता गर्नुहुने कार्यक्रम रहेको छ।