इरानका सर्वसाधारणद्वारा ठूलो पैमानामा जुलुस प्रदर्शनी
2024-04-06 17:21:37cri
Share with:

अप्रिल ५ तारिख इरानका धेरै ठाउँका आम जनसाधारणले ठूलो पैमानामा जुलुस प्रदर्शनी आयोजना गर्दै प्यालेष्टिनी जनताको समर्थन गर्नुका साथै गाजा क्षेत्रमा इजरायलको सैनिक गतिबिधिको विरोध गरेका छन्। सोही दिन इजरायलले गरेको आक्रमणमा ज्यान गुमाएका ७ जना सैनिकहरुका लागि इरानले अन्त्येष्टि समारोहको आयोजना गरेको छ।

 

इरानका सर्वसाधारणले इजरायलले गाजामा गरेको सैनिक गतिबिधिबाट हजारौँ प्यालेष्टिनीको मृत्यु हुनुका साथै मध्य पूर्व क्षेत्रका शान्ति तथा स्थिरतालाई ध्वस्त पारेकामा इजरायलको निन्दा गरेका हुन्।