चीनको समुद्री प्रहरी ब्युरोका प्रेस प्रवक्ताद्वारा फिलिपिन्सले हौ थङ समुद्री चट्टानमा उल्लङ्घन र प्रवेश गरेकोमा सम्बोधन
2024-04-06 19:30:54cri
Share with:

अप्रिल ४ तारिख फिलिपिन्सले धेरै पानी जहाजलाई संगठित गर्दै अवैध रूपमा चीनको नान शा टापुहरूमध्येको हौ थङ समुद्री चट्टान वरपरको समुद्री क्षेत्रमा प्रवेश गरेर गतिबिधि चलाएको छ। चिनियाँ समुद्री प्रहरीले कानुन बमोजिम पेशागत र व्यवस्थित रूपमा ती पानी जहाजमाथि कारवाई चलाएको छ। चीनको समुद्री प्रहरी ब्युरोका प्रेस प्रवक्ता कान युले उक्त जानकारी दिनुभएको हो।

 

प्रवक्ता कान युका अनुसार, हौ थङ समुद्री चट्टान लगायत नान शा टापुहरू र वरपरका समुद्री क्षेत्रमा चीनको निर्विवाद सार्वभौमिकता रहेको छ। फिलिपिन्सका सार्वजनिक सेवा जहाजले तथाकथित “मत्स्य रक्षा” का नाउँमा कुकर्म गर्दै अवैध रूपमा चीनको उचित अधिकारमाथि उत्तेजित बनाएर धेरैपटक दक्षिण चीन सागरको स्थिरतालाई ध्वस्त पार्न खोजेको छ। चिनियाँ समुद्री प्रहरीले कानुन बमोजिम चीनको नियन्त्रणमा रहेको समुद्री क्षेत्रमा सामान्य रूपमा कानुनी कारवाई चलाउँदै दृढताका साथ भूखण्डको सार्वभौमिकता र सामुद्रिक हक-अधिकारको संरक्षण गर्दैजाने कुरामा पनि प्रवक्ता कान युले जोड दिनुभएको छ।