चीन-अमेरिका सामुद्रिक सैनिक सुरक्षा विचारविमर्श व्यवस्था सम्बन्धी कार्यदल बैठकको आयोजना
2024-04-06 17:20:22cri
Share with:

चीन र अमेरिका दुवै देशका सेनाले अप्रिल ३ देखि ४ तारिखसम्म अमेरिकाको हावाईमा चीन-अमेरिका सामुद्रिक सैनिक सुरक्षा विचारविमर्श व्यवस्था सम्बन्धी कार्यदल २०२४ बैठक आयोजना गरेका छन्। यस बैठकको मुख्य उद्देश्य दुवै देशका राष्ट्रनायकको महत्वपूर्ण मतैक्यलाई व्यवहारमा उतार्नुका साथै दुवै सेनाबीचको सम्बन्धलाई स्वस्थ, स्थिर र निरन्तर रूपमा विकसित पार्दै जानु रहेको छ।

दुवै सेनाले समान र पारस्परिक सम्मानको आधारमा वर्तमान चीन-अमेरिका सामुद्रिक मण्डलको सुरक्षा परिस्थितिबारे सदिच्छा र रचनात्मक रूपमा वैचारिक आदान प्रदान गरेका छन्। साथै दुवै सेनाले चीन-अमेरिका सामुद्रिक सैनिक सुरक्षा विचारविमर्श व्यवस्था २०२१ बैठक भएयता “चीन-अमेरिका सामुद्रीय मण्डलमा भेटिने कारवाई सम्बन्धी नियम र मापदण्ड”को कार्यान्वयन अवस्थाको मुल्याङ्कन गरेका छन्।

उक्त बैठकमा चिनियाँ सेनाले कानुन र नियम बमोजिम निरन्तर रूपमा सबै खतरनाक उत्तेजनात्मक कारवाईलाई प्रतिकृया दिनुका साथै दृढताका साथ आफ्नो भूखण्डको सार्वभोमिकता र सामुद्रिक हित-अधिकारको संरक्षण गर्दै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिको संरक्षण गर्दै जाने अडानमा चीनले प्रकाश पारेको छ।