चिनियाँ उपप्रधानमन्त्री ह लिफङ र अमेरिकी बीत्त मन्त्री बीच भेटवार्ता
2024-04-06 17:19:46cri
Share with:

चीन-अमेरिका आर्थिक व्यापार सम्बन्धी दुवै पक्षका निर्देशक एवम् चीनका उपप्रधानमन्त्री ह लिफङले अमेरिकी बीत्त मन्त्री ज्यानेट एल. येल्लेनसँग अप्रिल ५ देखि ६ तारिखसम्म क्वाङ चौमा धेरै चरणको भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा दुवै पक्षले चीन अमेरिका दुवै देशका राष्ट्रनायकको महत्वपूर्ण मतैक्यलाई व्यवहारमा उतार्ने सिद्धान्त बमोजिम दुवै देश र विश्वव्यापी समष्टिगत आर्थिक परिस्थिति, चीन-अमेरिका आर्थिक सम्बन्ध र वैश्विक चुनौतीबारे गहन, सदिच्छा, वास्तविक र रचनात्मक रूपमा आदान प्रदान गरेका छन्। दुवै पक्षले चीन-अमेरिका आर्थिक र बैकिङ कार्यको प्रारूपमा विश्वव्यापी अर्थतन्त्रको सन्तुलिक बृद्धि र बैकिङ स्थिरता लगायतका विषयबारे विचार विमर्श गर्न सहमति जनाएका छन्।

उक्त वार्तामा अमेरिकाले चीनमाथि लगाएको आर्थिक-व्यापारिक प्रतिबन्धप्रति चीनले निकै ख्याल-विचार गर्नुका साथै उत्पादित क्षमता समस्याबारे विस्मृत रूपमा जवाफ दिएको छ। आगामी दिनहरूमा निरन्तर रूपमा आपसी समझदारी र सम्पर्कलाई कायम राख्ने विषयमा पनि दुवै पक्षले मतैक्य प्राप्त गरेका छन्।