सीजीटीएनमा डोमिनिकाका प्रधानमन्त्रीको अन्तर्वार्ता
2024-04-06 17:30:35CRI
Share with:

रूसेवेल्ट स्केरिट डोमिनिकाका प्रधानमन्त्री हुनुहुन्छ। हाल उहाँले सीजीटीएनलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। चीन र डोमिनिका बीच दौत्य सम्बन्ध कायम भएको २० वर्षयता उहाँले अघिपछि गरी १२ पटक चीनको भ्रमण गर्नुभएको छ।

 

उहाँले असामान्य भन्ने शब्दद्वारा चीनको विकासको ब्याख्या गर्नुका साथै साँच्चिकै मित्र भन्ने शब्दद्वारा दुवै देशको मित्रताको उल्लेख गर्नुभयो। उहाँले साना टापु विकासोन्मुख मुलुकहरूको तर्फबाट धारणा व्यक्त गर्दै वास्तविक कदम चालेर जलवायु परिवर्तनको सामना गर्न विभिन्न मुलुकलाई आह्वान गर्नुभयो। साथै उहाँले चीनका विविध प्रस्तावबाट विश्वका लागि विकास हुने अवसर प्रदान गरिएकामा चीनको सराहना गर्नुभएको छ।