दक्षिण पूर्वी एसियाका धेरै मानिसहरुद्वारा चीनसँगको सम्बन्ध सुधार गरिरहेको ठहर
2024-04-07 18:44:26cri
Share with:

सिङ्गापुरको “ल्यान ह चाउ पाउ”को वेबसाइटका अनुसार, “दक्षिण पूर्वी एसियाको परिस्थिति सम्बन्धी प्रतिबेदन २०२४” अप्रिल २ तारिख औपचारिक रुपमा सार्वजनिक भएको छ। सिङ्गापुरको युसोफ इसा दक्षिण पूर्वी एसिया अध्ययन प्रतिष्ठान अन्तर्गत आशियान अध्ययन केन्द्रले निरन्तर ६ वर्षदेखि यो प्रतिबेदन सार्वजनिक गरिरहेको हो। यस प्रतिबेदनमा चीन र अमेरिका दुई मुलुकप्रति दक्षिण पूर्वी एसियाका धारणा तथा विश्वासको विश्लेषण गरिनुका साथै ध्यानाकर्षणमा भएका धेरै भूराजनीतिक विषयहरुबारे सर्वेक्षण गरिएको छ।

 

कूल १९९४ जना मानिसहरु यस सर्वेक्षणमा सहभागी भएका छन्। उनीहरु आशियानका प्राज्ञिक क्षेत्र, थिङ्क ट्याङ्क, व्यापारिक क्षेत्र, लोक संस्था, गैर-सरकारी संस्था, सञ्चार माध्यम, सरकारी विभाग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाबाट आएका हुन्।

 

चीनले प्रस्तुत गरेको मानव जातिको साझा भाग्य समुदाय सम्बन्धी अवधारणालाई दक्षिण पूर्वी एसियाका धेरै मानिसहरुले सम्मान गरेको यस प्रतिबेदनमा उल्लेख छ।