इजरायली सेनाद्वारा गाजा क्षेत्रका विविध ठाउँमाथि हवाई आक्रमण जारी
2024-04-07 18:46:28cri
Share with:

इजरायली सेना तथा प्यालेष्टाइनी सशस्त्र संगठन बीच अप्रिल ६ तारिख खान युनिस आदि ठाउँमा निरन्तर संघर्ष जारी छ। धेरै प्यालेष्टाइनी सञ्चार माध्यमले अप्रिल ७ तारिख सबेरै जनाए अनुसार, इजरायली सेनाले गाजा क्षेत्रका विविध ठाउँमाथि निरन्तर हवाई आक्रमण गरेको र तोप प्रहार गरेको छ।

 

इजरायली राष्ट्रिय प्रतिरक्षात्मक सेनाका प्रवक्ता डेनिल हागारीले अप्रिल ६ तारिख राति इजरायली सेनाको स्थल फौजले लगातार रूपमा खान युनिसमा प्यालेष्टाइनी सशस्त्र संगठनसँग लडाईँ गरिरहेको छ भन्दै हाल सैनिक कारवाईको मुख्य स्थल आमेल क्षेत्र रहेको जनाउनुभएको छ।