छिङ मिङ पर्वको छुट्टीमा ५१ लाख ८९ हजार व्यक्तिलाई चिनियाँ भन्सारनाकामा सेवा प्रदान
2024-04-07 18:46:03cri
Share with:

 

चिनियाँ राष्ट्रिय अध्यागमन ब्युरोले अप्रिल ७ तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु वर्षको छिङ मिङ पर्वको छुट्टीमा चीनका घाटहरुमा भन्सार जाँचपास प्रभावकारी रहेको छ। चीनका सिमावर्ती निरीक्षण निकायहरुले ५१ लाख ८९ हजार व्यक्ति आवतजावत गरेका छन्। हरेक दिन औसत रुपमा १७ लाख ३० हजार व्यक्तिले सेवा लिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ६९.६ प्रतिशतले बढेको हो।

 

तीमध्ये हङकङ, मकाउ तथा थाइवानबासीहरु चीन आउने जाने संख्या २२ लाख ६७ हजार रहेको छ। यो गत वर्षको तुलनामा ३५.९ प्रतिशतले बढेको छ। चीनको भित्री प्रदेशका बासिन्दाहरु चीन आउने जाने संख्या २४ लाख २२ हजार रहेको छ। गत वर्षको तुलनामा यो सङ्खया पनि १०१.७ प्रतिशतले बढेको छ। विदेशीहरु चीन आउने जाने संख्या ५ लाख रहेको छ, जुन गत वर्षको तुलनामा १६३.२ प्रतिशतले बढेको छ।