इक्वेडोर र मेक्सिको बीच शान्तिपूर्ण तरिकामार्फत मतभेदको समाधान गर्न संयुक्त राष्ट्र संघका महासचिवद्वारा ताकिता
2024-04-07 18:46:52cri
Share with:

हाल इक्वेडोर प्रहरीले इक्वेडोरका लागि मेक्सिको राजदुताबासमा प्रवेश गरी सो दुताबासमा आश्रय खोज्नुभएको इक्वेडोरका पुर्व उप राष्ट्रपतिलाई पक्राउ गरेको घटनाप्रति संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसलाई साह्रै आश्चर्य लागेको कुरा संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफाने दुजारिकले अप्रिल ६ तारिख बताउनुभएको छ।

 

प्रवक्ता दुजारिकका अनुसार, कूटनीतिक संस्थाको उल्लङ्घन गर्न नसकिने विशेषताको संरक्षण गर्नुपर्ने महत्वमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले जोड दिनुभयो। साथै उहाँले शान्तिपूर्ण तवरले आपसी मतभेदको समाधान गर्न इक्वेडोर र मेक्सिकोलाई ताकिता गर्नुभएको जानकारी पनि प्रवक्ता दुजारिकले दिनुभएको छ।