जाम्बियाका युवा ता लिनको चीन बसाइको कथा-२
2024-04-08 09:15:15CRI
Share with:

ता लिनले सी आन प्राचीन रेशम मार्गको शुरुवात बिन्दु हुनुका साथै “बेल्ट एण्ड रोड” प्रस्तावको विकास क्रमको प्रत्यक्षदर्शी भएको बताउनुभयो। अहिले “बेल्ट एण्ड रोड” प्रस्तावबाट ल्याइएको सुअवसरलाई समातेर ता लिनको वैदेशिक व्यापारमा पनि केही उपलब्धि मिलेको छ।

 

चीनका इलेक्ट्रोनिक वस्तु, रोबोट, थ्रीडी सम्बन्धी डिजाइन तथा मेशिन सम्बन्धी उपकरण अफ्रिकामा बेच्न मलाई मन लाग्छ। त्यसपछि अफ्रिकाका कफी बिन, हीरा र स्फटिक लगायत अफ्रिकी सामानहरु चीनमा विक्री गर्न सक्छु। हामीजस्तै विदेशी विद्यार्थीहरुले वैदेशिक व्यापार गर्दा चीन र हाम्रो देशको स्रोतलाई जोडेर तीव्र गतिले बजार खोल्न सक्छौँ। त्यसका अतिरिक्त, चीनका केही नीतिहरुबाट हामीले सजिलैसँग व्यापार गर्न पाउँछौँ। स्वरोजगारी सम्बन्धी अनेकन् सेवाहरुले हामीलाई सघाउ पुर्‍याउँछ। मैले कम्पनी दर्ता थालेको बेलादेखि यी सेवाहरुले हामीलाई चिनियाँ बजार तथा चीनको कर सम्बन्धी ज्ञानबारे जानकारी दिने सहयोग पुर्‍याउँदै आएको छ। 

एक जाम्बियालीको हैसियतले ता लिनले आफ्नो बाल्यकालदेखि नै अफ्रिकाका लागि चीनले सहयोग गरी निर्माण गरेको टान्जानिया-जाम्बिया रेलमार्गबारे जानकारी लिनुभएको थियो। आधा शताब्दी बितिसके तापनि चीन-अफ्रिका मित्रताको प्रतिनिधित्व गर्ने टान्जानिया-जाम्बिया रेलमार्ग भावनाको निरन्तरता रहेको र त्यसले चिनियाँ तथा अफ्रिकी जनताको मन जोडेको उहाँले महसूस गर्नुभएको छ। 

मेरो मनमा सबैभन्दा गहिरो छाप भनेको टान्जानिया-जाम्बिया रेलमार्ग हो। तत्काल चीन अहिले जति विकसित भएको थिएन, तैपनि चीनले जाम्बिया तथा टान्जानियालाई सघाउ पुर्‍याएर टान्जानिया-जाम्बिया रेलमार्गको निर्माण गरेको थियो। अहिले यो रेलमार्ग पूरानो भए तापनि यसको महत्तवपूर्ण अर्थ रहेको छ। पोहोर एउटा चिनियाँ व्यवसायले जाम्बियालाई सहयोग गर्दै सौर्य उर्जाबाट बिजुली निकाल्ने परियोजनाको निर्माण गरेको थियो। यसका साथै धेरै चिनियाँ चिकित्सकहरु हामीलाई सहयोग गर्न जाम्बिया आउनुभएको छ। उहाँहरुले हामीलाई चिनियाँ परम्परागत चिकित्सा विधि सिकाउनुभएको छ। अहिले चिनियाँ परम्परागत चिकित्सा विधि जाम्बियामा लोकप्रिय छ। एक्युपन्क्चर प्रविधि निकै राम्रो छ। मैले पनि यस्तो उपचार लिएको थिएँ। टान्जानिया-जाम्बिया रेलमार्गले फेरि ठूलो भूमिका खेल्न सक्ने र त्यसको गति चिनियाँ द्रुत गतिको रेलमार्ग जस्तै तीव्र हुन सक्ने मैले आशा गरेको छु। 

चीन बसाइको दश वर्षको अवधिमा ता लिनले नयाँ युगमा चीन र अफ्रिका बीचको सहयोगमा प्रशस्त उपलब्धि हासिल भएको देख्नुभएको छ। 

दश वर्षसम्म चीनमा बसेपछि मैले धेरै चीज सिकेको छु। भविष्यमा म चीनमा होस् अथवा जाम्बियामा होस्, यी चीजहरुले मलाई अघि बढ्न सहयोग गर्ने छन्।