चिनियाँ पाण्डालाई अङ्कमाल गर्न चाहन्छु- जिम्बाब्वेको वन्यजन्तु उद्धार आधारका जिम्मेवार व्यक्ति
2024-04-08 11:11:25CRI
Share with:

रोक्सी ड्येंकवर्टस् “वाइल्ड इज लाइफ” नामक जिम्बाब्वेको वन्यजन्तु उद्धार आधारका जिम्मेवार व्यक्ति हुनुहुन्छ। सन् २०१५ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको जिम्बाब्वे भ्रमण क्रममा रोक्सीले उहाँलाई वन्यजन्तु आधारमा रहेका विविध जनावरको बारेमा जानकारी दिनुभएको थियो। 

राष्ट्राध्यक्ष सीसँग कुराकानी गर्दा रोक्सीलाई सबैभन्दा गहिरो छाप परेको कुरा यस्तो छ-“राष्ट्राध्यक्ष सीले जनावरको संरक्षण कार्यमाथि ज्यादै ध्यान र चासो दिनुभएको छ। साथै उहाँले जनावरको संरक्षणमा देखा परेका चुनौतीबारे पनि ध्यानपूर्वक जानकारी लिनुभएको छ।” 

राष्ट्राध्यक्ष सी चिनफिङले रोक्सीलाई उपहारको रूपमा एउटा फूलदानी दिनुभएको थियो। त्यसमा पाण्डाको चित्र कोरिएको छ। राष्ट्राध्यक्ष सीले रोक्सीलाई पाण्डाको प्रजनन परियोजना बारे सुनाउनुभएको थियो। रोक्सीले चिनियाँ पण्डालाई अङ्कमाल गर्नचाहेको व्यक्त गर्नुभएको छ। 

रोक्सीका अनुसार, राष्ट्राध्यक्ष सीको नेतृत्वमा चिनियाँ जंगली जनावरको संरक्षण कार्यले ठूलो प्रगति हासिल गरेको छ। उहाँले ध्यान दिनुभएकाले जनावरको संरक्षण कार्यप्रति विश्वले फेरि पनि ध्यान दिनेछ भन्ने विश्वास रोक्सीले गर्नुभएको छ।