#अल्पसंख्यक जाति# राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एखरेमु र उहाँका ११ प्रस्ताव
2024-04-09 09:30:19CRI
Share with:

चिनियाँ राष्ट्रिय जन काँग्रेसको प्रतिनिधि एखरेमु माइमाइटीमिङ सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय लुनथाइ जिल्ला सायीमाइली गाउँका प्रमुख हुनुहुन्छ। चालु वर्ष उहाँले राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा ११ वटा प्रस्तावहरू पेश गर्नुभएको छ।

एखरेमुका अनुसार, अझ सुन्दर जीवन सबै गाउँलेको साझा आशा हो। यो आशा कसरी छिटै साकार गर्ने, यो जन राष्ट्रिय काँग्रेसको हैसियतमा उहाँको उद्देश्य हो। दुई अधिवेशनपछि उहाँले जन्मथलो फर्केर तुरून्तै रूपमा ग्रामीण पुनःउत्थान गर्ने राम्रा नीति र सूचनाबारे विभिन्न जातीय किसान तथा पशुपालकहरूलाई सुनाउने उहाँले भन्नुभयो।

 ३३ वर्षीय एखरेमु सिन्च्याङ कृषि विश्वविद्यालयबाट स्नातक उत्तीर्ण हुनुहुन्छ। सन् २०२१ देखि उहाँ सायीमाइली गाउँका प्रमुख हुनुहुन्छ। गत वर्ष उहाँ राष्ट्रिय जन काँग्रेसको प्रतिनिधिमा चयन हुनुभएको हो। 

गत वर्ष उहाँले खेत, गाउँबस्ती, गाउँलेको घरमा अनुसन्धान गरेर जनमत संकलन गर्नुभएको छ।     

सायीमाइली गाउँमा १८०० भन्दा बढी बासिन्दा बस्दछन्। अधिकाँश युगुर जातीय हुन्। गाउँलेहरूको कार्य मुख्यतः मकै र कपासको रोपण र खुर्पानी, नाशपातीलगायत विशेषतायुक्त फलफूल हुन्।    

एखरेमुकाअनुसार, केही वर्षयता वैज्ञानिक रोपाइ विज्ञानको प्रचार र कृषिको यान्त्रिकीकरणका कारणले ग्रामीण क्षेत्रमा श्रममुक्त भएका छन्। “बीउ छर्ने र मल हाल्न ड्रोनको प्रयोग, थोपा सिंचाइ र कपास टिप्न मेशिनको प्रयोग गर्नसकिन्छ। हाल मेशिनको सञ्चालन गाह्रो भएको अवस्थामा मात्रै केही मान्छे चाहिन्छ।” 

श्रममुक्त भएपछि समृद्धि कसरी थप्ने? यो एखरेमुले सोचेको विषय हो। उहाँले अनुसन्धान गरेर खुर्पानी खेतमा कुखुरापालन गर्नसक्ने पत्ता लगाउनुभएको छ। साथै गाउँलेहरूको घरआवास अगाडि-पछाडि ठाउँमा सानो करेसाबारीमार्फत् तरकारी रोपन गर्नसकिन्छ। त्यसैले एखरेमुले गाउँलेहरूको नेतृत्व गरेर परिवारमा सुक्ष्म अर्थतन्त्रको विकास गर्नुका साथै विक्री मञ्च खोल्नका लागि सहकारीको स्थापना गर्नुभएको छ। 

चालु वर्ष, राष्ट्रिय जन काँग्रेसको अधिवेशनमा प्रधानमन्त्री ली छ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्दै किसानको आय वृद्धिमाथि ध्यान दिएर ग्रामीण व्यवसायको विकास गर्ने विषय राख्नुभएको छ। त्यसै गरी भविष्यमा गाउँको विकासबारे एखरेमुले आफ्नो योजना बनाउनुभएको छ। उहाँका अनुसार, सन् २०२६ सम्ममा सिन्च्याङको प्रसिद्ध पर्यटकीय क्षेत्र बायिन्ब्रुक घाँसेमैदानमा राजमार्ग सञ्चालन हुनेछ। यो राजमार्ग सायीमाइली गाउँ भएर जानेछ। गाउँपरिवारले यो राजमार्गमार्फत् होमस्टे तथा ग्रामीण पर्यटनको विकास गरेर आयआर्जन गर्ने एखरेमुले जानकारी दिनुभएको छ।