सी चिनफिङ र ब्राजिलका राष्ट्रपति लुलाबीच चीन-ब्राजिल पार्टीबीचको सातौं सैद्धान्तिक गोष्ठीलाई बधाई सन्देश
2024-04-09 18:42:22cri
Share with:

अप्रिल ९ तारिख चिनियाँ कम्युनिष्ट पार्टी र ब्राजिलको श्रमिक पार्टीबीच सातौं सैद्धान्तिक गोष्ठी पैचिङमा सम्पन्न भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ र ब्राजिलको श्रमिक पार्टीका मानार्थ अध्यक्ष एवम् राष्ट्रपति लुलाले गोष्ठीलाई क्रमशः बधाई पत्र पठाउनुभएको छ।

सी चिन फिङले यो वर्ष चीन र ब्राजिलबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव,चिनियाँ कम्युनिष्ट पार्टी र ब्राजिलको श्रमिक पार्टीबीच सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सव मनाउने कुरा औंल्याउनुभयो। नयाँ ऐतिहासिक सुरुवात बिन्दुमा उभिएको चिनियाँ कम्युनिष्ट पार्टीले ब्राजिलको श्रमिक पार्टीसँग राज्य शासनमा अनुभवको आदानप्रदान र पारस्परिक सिकाइलाई गहिरो बनाउन, आ-आफ्नो पार्टीको निर्माण र राष्ट्रिय विकास र प्रगतिलाई प्रवर्द्धन गर्न इच्छुक रहेको पनि उहाँले पत्रमा औंल्याउनुभयो।

यस वर्ष ब्राजिल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने बताउँदै लुलाले आफ्नो बधाई पत्रमा यो ५० वर्षको आदानप्रदान र सहयोग र साझा भविष्यसहितको समुदाय निर्माण गर्ने लक्ष्यतर्फ दुई पक्षबीचको मित्रतालाई प्रगाढ बनाउने व्यक्त गर्नुभयो। ब्राजिलको श्रमिक पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध दुई देशबीचको सम्बन्धको एक महत्वपूर्ण भाग हो। भविष्यमा ब्राजिल र चीनका दुई पक्ष, सरकार र जनताबीचको आदानप्रदान अझ घनिष्ठ र फलदायी हुनेछ।