हजारौँ मिटर गहिरो नुन इनार
2024-04-10 09:43:29CRI
Share with:

सन् १८३५ मा विश्वमै पहिलो एक हजारभन्दा बढी मिटर गहिरो इनार खोतलिएको थियो। यो आज पनि दक्षिण-पश्चिमी चीनको चक्वुङ शहरमा अवस्थित छ।

स छ्वान प्रान्तीय चक्वुङ शहरमुनि प्रशस्त्र मात्रामा नुन, चट्टानी नुन, बिरेनुन र प्राकृतिक ग्याँस रहेको छ। यहाँ नुन उत्पादनको इतिहास २००० वर्षभन्दा बढी पुगेको छ। त्यसैले चक्वुङलाई चीनको नुन राजधानी मानिएको छ।

हाल चक्वुङ शहरमा एक सय वर्षअघि खोतलेको एउटा हजारौँ मिटर गहिरो नुन इनार बाँकी छ। यो इनारमा हालसम्म पनि उत्पादन भइरहेको छ। खानाबाहेक नुनबाट टूथपेस्ट, शावर जेल आदि बनाउनसकिन्छ।

यसै गरी, चक्वुङ नुनको इतिहास सङ्ग्रहालयमा नुन इनार खोतल्ने र नुन उत्पादन गर्ने धेरै उपकरणहरू प्रदर्शनमा राखिएका छन्।