सम्वद्ध सैन्य सहयोगमार्फत थाइवान विषयमा हस्तक्षेप गरेको कुनै पनि उद्देश्यको कडा विरोध: चीन
2024-04-10 16:03:38cri
Share with:

चीनको राज्य परिषदको थाइवान मामिला कार्यालयले १० तारिख पैचिङमा नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ।

 सो अवसरमा प्रवक्ता चु फङल्येनले पत्रकारसँग अमेरिका, बेलायत, अस्ट्रेलियाबीचको औकुस पनडुब्बी सम्झौतासम्बन्धी अमेरिकी स्थायी विदेशमन्त्री कुर्ट क्यामबेलको भनाइबारे कुराकानी गर्दै अमेरिका, बेलायत्त, अस्ट्रेलियाबीच तथाकथित तीनपक्षीय सुरक्षा साझेदारी सम्बन्धको प्रकृति नै सैन्य सहयोगमार्फत् सैन्य भिडन्त भड्काउने र अरूको असुरक्षाको खर्चमा आफ्नै सुरक्षा खोज्ने हो जुन स्वक्षेत्रीय अझ असुरक्षा मात्र पार्ने व्यक्त गर्नुभयो।

 उहाँले कुनै पनि सम्बद्ध सैन्य सहयोगमार्फत थाइवान विषयमा हस्तक्षेप गर्ने उद्देश्य नै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको ठहर्ने भन्दै एक चीन नीति र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमविपरीत भएको  बताउनुभयो। साथै उहाँले थाइवान क्षेत्रको शान्ति र स्थिरतामा क्षति पुग्ने कुनै पनि गतिविधिको कडा विरोध गरेको दोहोर्याउनुभयो।

 एक चीन नीति र चीनलाई दिएको गम्भीर वचनको पालना गरी थाइवान विषयमा आफ्नो बोली र कर्ममा सावधान रहन सम्बन्धित मुलुकलाई ताकिता गरेको पनि उहाँले उल्लेख गर्नुभयो।