चीनको कुञ्जीशब्द: दोहोरो चक्र
2024-04-10 15:02:03CRI
Share with:

चीन अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु एक्स्पो निकट भविष्यमा सुरू हुँदैछ। यो एक्स्पोमा “दोहोरो चक्रबाट विश्व किन्नु” शीर्षकको प्रदर्शनी क्षेत्र ज्यादै विशेष रहने छ।

सामान्यतया आर्थिक चक्रमा उत्पादन, परिसंचरण, वितरण तथा उपभोगलगायत चारवटा खण्डहरू छन्। उपभोग अन्तिम हुनुका साथै अर्को चक्रको सुरूवात पनि हो। जुन देशको आर्थिक चक्र राष्ट्रिय चक्र र अन्तर्राष्ट्रिय चक्रबाट गठित छ। चीनका सर्वोच्च नेता सी चिनफिङले “नयाँ विकास ढाँचाको निर्माण” भन्ने रणनीतिक छनौट गर्नुभएको छ। त्यसको मुख्य विषय “राष्ट्रिय चक्रलाई मुख्य बनाउनुका साथै राष्ट्रिय चक्र र अन्तर्राष्ट्रिय चक्रलाई आपसमा बढाउनु” हो। दोहोरो चक्र चीनमा लोकप्रिय शब्द बनेको छ।

दोहोरो चक्रको अर्थ राष्ट्रिय चक्र र अन्तर्राष्ट्रिय चक्र नजोड्ने दुई चक्रहरू होइनन्। खासमा यी दुई चक्र घनिष्ट रूपमा सम्पर्क गरेर “∞”“अनन्त”बनेका छन्। उदाहरणका लागि यस चीन अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु एक्स्पोले ५९ देश तथा क्षेत्रका ३००० मार्कालाई आकर्षण गरेको छ। यसले चिनियाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई जोडेको छ। जसले विश्वभरका व्यवसायीलाई चिनियाँ बजार बाँड्न र चिनियाँ उत्पादन वस्तु विश्वमा फैलाउन महत्वपूर्ण मञ्च दिएको छ। 

चीनले १४० देशहरूसँग व्यापारिक साझेदारी सम्बन्धको स्थापना गरेर मालसामानको व्यापार र सेवाको कुल व्यापार दुवै विश्वको पहिलो स्थानमा रहेको छ। यस्तो “दोहोरो चक्रबाट विश्व किन्ने”  निहित शक्ति र चाहनाले विश्वभरका व्यवसायी, व्यापारी र उपभोक्ताका लागि आकर्षित गर्नेछ।