चीनको अर्थतन्त्रप्रति बाह्य क्षेत्र आशावादी
2024-04-11 09:15:16CRI
Share with:

 “यो एउटा सक्रिय संकेत हो।” विगत दुई दिन चीनको अर्थतन्त्र सम्बन्धी तीन वटा महत्त्वपूर्ण सूची एकै समयमा माथि गएको खबरलाई अन्तर्राष्ट्रिय जनमतले ठूलो ध्यान दिएको छ। यी अंकहरु चीनको आर्थिक पुन:उत्थान तीव्र गतिले भएको पछिल्ला चिन्ह हुन् जसले सबैलाई प्रोत्साहित गरेको छ। यसका साथै त्यसले विश्व अर्थतन्त्रमा पनि नयाँ प्रेरक शक्ति थप्ने छ।

यी तीन वटा महत्त्वपूर्ण सूचीमध्ये खरिद प्रबन्धक सूचीलाई एक देशको समग्र आर्थिक परिस्थितिको चिन्ह मानिन्छ। त्यसले आर्थिक गतिविधिको अनुगमन, अनुमान तथा पूर्व संकेत दिनका लागि महत्वपूर्ण भूमिका खेल्छ। 

भर्खरै सम्पन्न भएको पोआउ एशिया मञ्चको वार्षिक सम्मेलनमा जापानका भूतपूर्व प्रधानमन्त्री हातोयामा युकिया,चीनका लागि टर्कीका राजदूत मुसा लगायत अन्तर्राष्ट्रिय राजनीतिज्ञहरुले बेग्ला बेग्लै रुपमा जनाएअनुसार चीनको अर्थतन्त्रले राम्रो प्रवृतिको कायम राख्दै जाने छ भने जसबाट विश्व अर्थतन्त्रको विकासका लागि अवसर सिर्जना गर्ने छ।

यस तीन वटा महत्वपूर्ण सूचिको वृद्धिबाट यो विश्व नै चीनको अर्थतन्त्रप्रति आशावादी रहेको प्रमाणित गरिएको छ। साथै यसबाट हेर्दा पश्चिमी सञ्चारमाध्यमको तथाकथित “चीनको अर्थतन्त्र शिखरमा पुगिसकेको”धारणा आधारहीन भएको देखिन्छ। 

चीनको अर्थतन्त्र किन यस्तो उज्यालो देखिन्छ?विश्लेषण अनुसार भित्री चाहना पुनरुत्थान र विदेशी चाहनाको प्रवर्द्धनबाहेक चीन सरकारले अर्थतन्त्रलाई स्थिर बनाउन,भित्री चाहनाको विस्तार गर्न,बैदेशिक व्यापारलाई स्थिर बनाउन लगातार प्रवर्द्धन शक्ति पुर्याउँदै आएको कारण छ। समष्टिगत आर्थिक परिस्थिति सुधारिँदै विशेष गरी वसन्त चाडपछि काम तथा उत्पादन सामान्य अवस्थामा फर्केपछि चीनको अर्थतन्त्र लगातार राम्रो दिशातर्फ विकसित भैरहेको प्रवृत्ति स्पष्ट देखिन्छ। हाल चीनले उपकरणको नवीकरण गर्ने नयाँ ठूलो परिमाण सुरु गरेको छ। जसले प्रतिवर्ष पचास खर्ब चिनियाँ युआनसहित ठूलो बजार सिर्जना गर्ने अनुमान छ। यसले विदेशद्वारा चीनको अर्थतन्त्रप्रतिको विश्वासलाई बढावा दिएको छ।

विश्वको दोस्रो आर्थिक समूदायका रुपमा चीनको आर्थिक विकास स्थिरताका साथ अघि बढेको कुरा विश्वका लागि निसन्देह एउटा राम्रो खबर हो। चीनले नयाँ गुणस्तरीय उत्पादन शक्तिलाई गतिशीलताका साथ विकसित गरेको कुराले अनेकन् सिर्जनात्मक उपलब्धिहरु विश्वसमक्ष ल्याउनुका साथै विश्वको आर्थिक विकासका लागि नयाँ प्रेरक शक्ति थप्ने छ।

हाल केही दिनयता सिटी बैँक लगायत धेरै अन्तर्राष्ट्रिय संस्थाहरुले चीनको अर्थतन्त्रको बृद्धिको पूर्वानुमानलाई माथि उठाएका छन्। वास्तविकताबाट प्रमाणित छ भने चीनको अर्थतन्त्र स्वस्थ र दिगो छ।