चीनद्वारा क्यानाडालाई "चिनियाँ हस्तक्षेप" को बारेमा झूट बोल्न बन्द गर्न कडा आग्रह
2024-04-11 15:48:32cri
Share with:

अप्रिल १० तारिख क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले "विदेशी हस्तक्षेप" सम्बन्धी सार्वजनिक सुनुवाइमा उपस्थित भइ। क्यानडाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चीनलाई "इच्छुक" भनेर टिप्पणी गर्नुभयो। सो बारे क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले चीनले कडा असन्तुष्टि र कडा विरोध व्यक्त गरेको कुरा बताउनुभयो।

 प्रवक्ताका अनुसार चीनले बारम्बार जोड दिँदै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई पालना गरेको छ। क्यानडाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न कहिल्यै चासो राखेको छैन। क्यानडासँग द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा सम्पर्क गर्दा धेरै अवसरहरूमा चीनले क्यानडालाई यो अडान स्पष्ट रूपमा प्रकट गरेको ती प्रवक्ताको भनाइ छ। बरू क्यानडा लगायत धेरै देशको हस्तक्षेपकारी गतिविधिहरूको निशानामा चीन परेको छ भन्दै ती प्रवक्ताले लामो समयदेखि क्यानडाले थाइवान, सिन्च्याङ, हङकङ र तिब्बत जस्ता चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग सम्बन्धित प्रमुख मुद्दाहरूमा चीनलाई उक्साउँदै आएको आरोप गरे।