मार्चमा चीनको उपभोक्ता मूल्य ०.१ प्रतिशतले वृद्धि
2024-04-11 10:32:13CRI
Share with:

सन् २०२४ को मार्चमा गत वर्षको सोही अवधिको तुलनामा चीनको उपभोक्ता मूल्य ०.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षसरह शहरी क्षेत्रमा उपभोक्ता मूल्य समान रहे तापनि ग्रामीण क्षेत्रमा ०.१ प्रतिशतले बढेको हो। खाद्यवस्तुको मूल्य २.७ प्रतिशतले घट्नुका साथै गैर खाद्यवस्तुको मूल्य ०.७ प्रतिशतले वृद्धि भएको छ। यसबाहेक, उपभोग्य मूल्य ०.४ प्रतिशतले घट्नुका साथै सेवा मूल्य ०.८ प्रतिशतले बढेको छ। 

जनवरीदेखि मार्चसम्म चीनको उपभोक्ता मूल्य गत वर्षको सोही अवधिको तुलनामा समान छ।