अप्रिल १५ तारिखदेखि १३५औँ चीन आयात तथा निर्यात मेला
2024-04-11 15:02:14CRI
Share with:

यही अप्रिल १५ तारिखदेखि मे ५ सम्म १३५चीन आयात तथा निर्यात मेला क्वाङ च शहरमा योजना हुने भएको छ।

यस मेलाको क्षेत्रफल १५ लाख ५० हजार वर्गमिटर हुनुका साथै कुल ७४ हजार प्रदर्शनी बुथहरू रहने जनाइएको छ। साथै, २९ हजारभन्दा बढी व्यवसायले प्रदर्शनमा भाग लिएबाट ऐतिहासिक रेकर्डको सिर्जना भएको छ। त्यसमध्ये २८ हजार ६०० व्यवसाय निर्यात प्रदर्शनीमा तथा ६८० व्यवसायले आयात प्रदर्शनीमा सहभागी हुने छन्। भाग लिने नयाँ व्यवसायको संख्या ४ हजार ३००भन्दा बढी पुगेको छ। हाल तयारी कार्य जारी छ।

तथ्याङ्कका अनुसार, चीन आयात तथा निर्यात मेला सुरूदेखि भाग लिने विदेशी व्यापारीहरूको संख्या ९३ लाखभन्दा बढी छ र विश्वव्यापी रूपमा सहयोग साझेदारीको संख्या १९५ पुगेको छ। जसले चीन र विभिन्न देश तथा क्षेत्रको व्यापार र मैत्रीपूर्ण आदानप्रदानलाई सबल पारेको छ।