चिनियाँ परराष्ट्र मन्त्रालय: स्वस्थ र स्थिर चीन-भारत सम्बन्ध दुवै पक्षको साझा हितअनुकूल
2024-04-12 17:39:29cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयले १२ तारिख नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ।  त्यसक्रममा एकजना पत्रकारले ‘चीन–भारत सीमा’बारे भारतीय राष्ट्रपतिको भनाइबारे प्रश्न सोधेका छन्।

 यस सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले सीमा समस्याका सम्बन्धमा चीन र भारतले कूटनीतिक र सैन्य माध्यमबाट सीमा समस्या समाधान गर्ने विषयमा घनिष्ठ सञ्चार कायम राख्दै सकारात्मक प्रगति हासिल गरेको बताउनुभयो।

 स्वस्थ र स्थिर चीन-भारत सम्बन्ध दुवै पक्षको साझा हितअनुकूल हुने चीनको विश्वास छ। उहाँले भन्नुभयो, ‘हामी आशा गर्छौं भारतले चीनलाई आधा बाटोमा भेट्न सक्छ, सीमा समस्यालाई चीन-भारत सम्बन्धमा उपयुक्त स्थानमा राख्न सक्छ, यसलाई उचित रूपमा व्यवस्थापन गर्न सक्छ,स्वस्थ र स्थिर ट्रयाकमा द्विपक्षीय सम्बन्धको विकासलाई बढावा दिन्छ।’