सी चिनफिङद्वारा सुरिनामका राष्ट्रपतिसँग वार्ता
2024-04-12 19:03:18cri
Share with:

अप्रिल १२ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत सभा भवनमा चीनको भ्रमणमा रहनुभएका सुरिनामका राष्ट्रपति चन्द्रिकापेर्साद सान्तोखीसँग वार्ता गर्नुभएको छ।

 सी चिनफिङले चीन र सुरिनामबीचको मित्रता लामो समय र सुदृढ भएको भन्दै चीनसँग दौत्य सम्बन्ध स्थापना भएको, रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको र वेल्ट एन्ड रोड इनिशिएटिभमा हस्ताक्षर गरेको पहिलो खेपको क्यारिबियन देशमध्येको एक हो भन्ने कुरा उल्लेख गर्नुभयो। चीनले सुरिनामसँग राजनीतिक आपसी विश्वास, आर्थिक तथा व्यापारिक सहयोग, मानवीय आवत-जावत, अन्तर्राष्ट्रिय सहयोग समेतलाई बढाएर अझ घनिष्ठ चीन-सुरिनाम रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अघि बढाई दुई देशका जनतालाई फाइदा पुर्याउने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

 जवाफमा सान्तोखीले सुरिनाम-चीन सम्बन्ध स्थापना भएको ४८ वर्षयता सुरिनाम एक चीन नीतिमा अडिग रहेर चीन राष्ट्रको एकतामा अरू दृढ समर्थन गर्ने व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको वेल्ट एन्ड रोड, विश्व विकास पहल लगायत महत्वपूर्ण विश्व पहलहरूमा सुरिनामले समर्थन गर्नुका साथै चीनसँग सहयोग बढाएर मानव भाग्य समुदायको रचना गर्ने इच्छा लिएको पनि उहाँले बताउनुभयो।