बहु मुलुकका व्यक्तिहरूद्वारा चीनको उच्च गुणस्तरको विकासले विश्वका लागि मौका ल्याएको कुरा व्यक्त
2024-04-12 09:30:47CRI
Share with:

हरेक वर्षमा चीनका राष्ट्रिय दुई अधिवेशनमाथि बहु मुलुकहरूले ध्यान दिने गर्दछन्। चालू वर्षका राष्ट्रिय दुई अधिवेशनको क्रममा बहु मुलुकका व्यक्तिहरूकाअनुसार, हाल चीनको अर्थतन्त्रमा निरन्तर रुपमा बृद्धि हुने प्रवृत्ति देखिँदैछ। आधुनिकीकरणका लागि चिनियाँ मार्गले चीनको आर्थिक विकासका लागि शक्ति उपलब्ध गराएको छ। चीन उच्च गुणस्तरीय विकासतर्फ लम्किरहेको छ। चीनले विज्ञान तथा प्रविधि क्षेत्रमा निरन्तर रुपमा अन्वेषण गरिरहेको छ। चीनले आफ्नो विकास, क्षेत्रीय समृद्धि र विश्वको आर्थिक पुनरुत्थानका लागि योगदान दिइरहेको विश्वास लिइएको छ।

 

अर्जेन्टिनाका अर्थशास्त्री गाम्बिनाको विचारमा चीनको अर्थतन्त्रमा सशक्त कठोरता देखिएको छ। चीनले खुलापन नीतिमार्फत निरन्तर रुपमा विश्वसँग अनुभव र मौका बाँड्ने छ। उहाँ भन्नुहुन्छ “चीनको मालसामानको आयात-निर्यात रकम पूर्वानुमानभन्दा बढी छ। यसबाट चीनको अर्थतन्त्रको सशक्त कठोरता देखिएको छ। चीन ल्याटिन अमेरिकाको मुख्य व्यापारिक साझेदारहरूमध्येको एक हो। चीनले बहुपक्षीय व्यापार व्यवस्थाको समर्थन दिएको छ, ल्याटिन अमेरिका र विश्वको अर्थतन्त्रका लागि विकासको शक्ति ल्याउने छ।” 

अन्तर्राष्ट्रिय व्यक्तिहरूका अनुसार, धेरै कठिनाइ र चुनौती आएको अवस्थामा चीनको अर्थतन्त्रको उपलब्धि आउन गाह्रो छ। उनीहरूले चीनले आफ्नो विकास, क्षेत्रीय समृद्धि र विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि निरन्तर रुपमा योगदान दिने विश्वास व्यक्त गरेका छन्। म्यानमारको विदेश मन्त्रालयका अधिकारी वनचयाथुन भन्नुहुन्छ “सन् २०२३मा चीनको अर्थतन्त्र तीब्र रुपमा विकास भएको थियो। सन् २०२४मा चीनको अर्थतन्त्र निरन्तर रुपमा स्थिरताका साथ बृद्धि हुने विश्वास मैले लिएको छु। “बेल्ट एण्ड रोड”को साझा निर्माणले पनि ठूलो उपलब्धि हासिल गरेको छ। राष्ट्राध्यक्ष सी चिनफिङले विश्व विकास प्रस्ताव प्रस्तुत गर्नुभयो। चीनको अर्थतन्त्र स्थिरताका साथ विकास हुनुका साथै वरिपरी मुलुकहरूले चीनको प्रबर्द्धनमा विकास र मौका पाउने छन्।” 

अल्जेरिया-चीन मैत्री संघका अध्यक्ष समेइल डेबेचेले वास्तविकताबाट चीनले वास्तविक कारवाहीमार्फत विकासोन्मुख मुलुकहरूसँग मैत्रीपूर्ण सहयोगको सम्बन्धलाई कायम राखिरहेको कुरा प्रमाणित गरिएको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ “चीनले पारस्परिक हित र साझा विजयी सिद्धान्तलाई पालना गरिरहेको छ, 

“बेल्ट एण्ड रोड”को साझा निर्माणमार्फत  अन्तर्राष्ट्रिय सहयोग गरेको छ। विकासोन्मुख मुलुकहरूले यसबारे सकारात्मक रुपमा प्रतिक्रिया जनाएका छन्। चीन उच्च गुणस्तरको विकासको नमूना बन्ने छ। विश्वको विकासले चीनलाई छोड्न सक्दैन। अन्तर्राष्ट्रिय समाज पनि चीनको उच्च गुणस्तरको विकासप्रति आशावादी छ।