यहाँ देखिन्छन् अजीव अजीवका डरलाग्दा जीवजन्तुहरू
2024-04-12 15:40:50CRI
Share with:

लक्ष्मी लम्साल, बेइजिङ

बेइजिङको छाओयाङ जिल्लास्थित ओलम्पिक पार्क नजीकै प्राणी विज्ञान अनुसन्धान गर्ने एउटा ‘नेश्नल जूलोजी म्यूजियम’ छ। फ्रान्सेली प्राकृतिक इतिहास संग्रहालयसँग मिल्दोजुल्दो तीन तले सङ्ग्रहालय भवनमा प्रवेश गर्न ४० युआन लाग्छ।

 प्रदर्शनी हलमा ६ दर्जन स्वतन्त्र प्रदर्शनी हलहरू छन् जसमा पशु विविधता, चरा चुरुङ्गी, लुप्तप्राय जनावरहरू, पुतली, कीराफट्याङ्ग्रा, मानव र पशु विकास इतिहास समावेश छन्। यसबाहेक त्यहाँ क्याफे र दर्शकहरूको मनोरञ्जन र मनोरञ्जनको लागि फोरडी सिनेमा हल पनि छ।

 प्राणीशास्त्रको राष्ट्रिय संग्रहालय एक शैक्षिक र मनोरजनस्थल हो जहाँ जीवजन्तुबारेको ज्ञान हासिल गर्न सकिन्छ। वातावरण संरक्षण र मानव तथा प्रकृतिबीचको सद्भावको अवधारणालाई बुझ्न सकिन्छ। प्रदर्शनी र गतिविधिहरू मार्फत् पशु विविधतालाई राम्रोसँग महसुस गर्न र पर्यावरणीय जागरूकता बढाउन सकिन्छ भने जनावरसँग सामाञ्जस्यपूर्ण सह-अस्तित्वलाई कायम राख्ने भावना जगाउन सकिन्छ।