लगानी सम्मेलनको शोकेसमा १३३ परियोजना, काठमाडौंमा मेट्रो रेलदेखि फिल्मी सिटीसम्म
2024-04-13 16:35:26cri
Share with:

तेस्रो लगानी सम्मेलनमा सरकारले १ सय ३३ परियोजना प्रस्तुत गर्नेभएको छ। काठमाडौंको मेट्रोरेलदेखि दोलखाको फिल्म सिटीसम्म समेटिएका अनलाइनखबरले जनाएको छ। तेस्रो लगानी सम्मेलन अप्रिल २८ र २९ मा आयोजना हुँदैछ। त्यसबेला विभिन्न चरणमा पुगेका परियोजना लगानी सम्मेलनमा प्रस्तुत गर्न लागिएको लगानी बोर्डले जानकारी दिएको छ। यसपालि लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी सबै प्रकारका लगानीकर्ताले परियोजना छनोट गरी लगानी घोषणा तथा सम्झौता गर्न सक्ने छन् । सरकारले निजी क्षेत्रका छाता संगठनलाई समेत आयोजकको हैसियतमा राखेर लगानी सम्मेलन गर्दैछ ।

कुन–कुन परियोजना छन् शोकेसमा ?

लगानी बोर्डका अनुसार यसपालि तीन वटा परियोजनामा परियोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी छ। तिनमा चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क, अपर मस्र्याङ्दी–दोस्रो जलविद्युत आयोजना, कोहलपुर र बाणगंगा सोलार परियोजनामा पीडीए गर्ने तयारीे छ । त्यस्तै डाबर नेपाल प्रालिसँग परियोजना लगानी समझौता (पीआईए) गरिने समेत बोर्डले जनाएको छ । यसअघि लगानी बोर्ड र डाबर नेपालबीच क्षमता विस्तार र विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप गर्ने सम्बन्धी सम्झौता भइसकेको छ ।

२१ आयोजनामा आशयपत्र मागिने

लगानी सम्मेलनका बेला कुल २१ आयोजनाका लागि आशयपत्र/ईओआई मागिने भएको छ । लगानी बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, दैजी–छेला औद्योगिक क्षेत्र, बबरमहल प्रशासनिक प्लाजा, हाई इन्ड रिसोर्ट, महादेव खोला जलाशय, कर्णाली चिसापानी वायु ऊर्जा परियोजनामा आशयपत्र माग गरिने भएको छ । त्यस्तै चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज प्रोजेक्ट, धुलिखेल मेडिसिटी प्रोजेक्ट, खप्तड नेसनल पार्क इन्टिग्रेटेड डेभलपमेन्ट र सुदूरपश्चिम पब्लिक ट्रान्सपोर्ट प्रोजेक्टमा समेत ईओआई मागिने भएको छ ।

नौमुरे बहुउद्देश्यीय परियोजना, खिम्ती जलाशय जलविद्युत् परियोजना, हुम्ला कर्णाली जलविद्युत् आयोजना, माथिल्लो चमेलिया जलविद्युत् आयोजना, पाँचखाल सेज, कावाडी खोला जलविद्युत् आयोजना, कालिगण्डकी दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना, भारभुङ जलाशययुक्त जलविद्युत् आयोजना, टोम दुगर बुढीगण्डकी जलविद्युत् आयोजना र सुपर बुढीगण्डकी जलविद्युत् परियोजनालाई ईओआई गर्ने सूचीमा राखिएको छ ।

‘मार्केट साउन्डिङ’ परियोजना ६ वटा

लगानीका सम्भावित क्षेत्रका रूपमा ‘मार्केट साउन्डिङ’ सूचीमा कुल ६ वटा परियोजना प्रस्तुत गरिने भएको छ । लगानी बोर्डका अनुसार सिस्नेरी खानेपानी वितरण परियोजना, मलेखु–लोथर सडक तथा सुरुङ, दाउन्ने खण्ड सुरुङ, मिर्चैया–कटारी–घुर्मी सडक, धरान–लेउती सुरुङलाई समेत यो सूचीमा राखेर प्रवद्र्धन गरिने भएको छ ।

प्रारम्भिक ‘आइडिया’ मा रहेका ३७ आयोजना शोकेसमा

लगानी बोर्डका अनुसार ‘आइडिएसन स्टेज’ (पहिचान) चरणमा रहेका ३७ आयोजना समेत शोकेसमा राखिने भएको छ । जसमा लुम्बिनीमा विद्युतीय मोबिलिटी करिडोर, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बहुतले पार्किङ, बधशाला, चिया ई–अक्सन सेन्टर तथा गोदामघर स्थापना तथा सञ्चालन, बल्क कोल्ड स्टोर, कंके देउराली जल सञ्चय जलासय, थोन्से खोला जलाशय, कम्प्रेस्ड बायो ग्यास प्लान्ट, बडिमालिका पर्यटन विकास परियोजना, काठमाडौं उपत्यकामा इलेक्ट्रिक बस र्यापिड ट्रान्जिट सिस्टम परियोजना समेत यो सूचीमा अटाएको छ ।

त्यसैगरी चितवन–रामपुर–बुटवल द्रुतमार्ग, फास्ट चार्जिङ स्टेसन, काँच उत्पादन परियोजना, ग्रेटर लुम्बिनी पर्यटक सर्किट यातायात परियोजना, आईटी पार्क, मुडी पर्यटन विकास परियोजना, दोलखा फिल्म सिटी, गौतमबुद्ध प्रसूती अस्पताल, ग्रेट हिमालयन ट्रेल पर्यटन परियोजना, तालतलैया मल्टिपर्पोज पर्यटन परियोजना, मधेश प्रदेशमा सार्वजनिक यातायात परियोजना, सार्वजनिक विद्यालय सुदृढीकरण परियोजना, पश्चिम सेती टाउन प्लानिङ, नेपाल एयरलाइन्स ह्यांगर, हेम्जा–नयाँपुल सडक सुरुङ, थानकोट–चित्लाङ सुरुङ, कोखाजोर स्टोरेज हाइड्रो, सुनकोशी दोस्रो जलविद्युत्, विशेष आर्थिक क्षेत्र सिमरा समेत शोकेसमा राखिने भएको छ ।

डाडागाउँ खलङ्गा भेरी हाइड्रो, अन्डरग्राउन्ड पालिका बजार लगनखेल, बहुतले पार्किङ (पाटनढोका, जावलाखेल र लामाचौर) समेत शोकेसमा परेको आयोजना हो ।

स्रोत खोजी चरणमा २७ आयोजना

वित्तीय स्रोत जोहो गर्नुपर्ने चरणमा पुगेका २७ आयोजनालाई समेत लगानी बोर्डले शोकेसमा राख्ने भएको छ । जसमा सिम्बुवा खोला हाइड्रो परियोजना, किमाथांका अरुण हाइड्रो, मुगु कर्णाली स्टोरेज हाइड्रो, बेतनी कर्णाली हाइड्रो, इनरुवा अनारमनी ट्रान्समिसन लाइन, अरुण हब ट्रान्समिसन लाइन, तिङला–दुधकोशी–ढल्केबर ट्रान्समिसन लाइन, मातातीर्थ–डुकुछाप ट्रान्समिसन लाइन, डुकुछाप–टेकु ट्रान्समिसन लाइन, दुधकोसी स्टोरेज हाइड्रो, अपर अरुण हाइड्रो, बुढीगण्डकी प्रोक हाइड्रो, सेती नदी तेस्रो हाइड्रो यो सूचीमा रहेका छन्।

त्यस्तै सुनकोशी तेस्रो हाइड्रो, चैनपुर सेती हाइड्रो, लमही–छिन्चु–दोहोरा–न्यु अत्तरिया ट्रान्समिसन लाइन, तिङ्ला हब न्यु खिम्ती सुनकोसी–ढल्केबर ट्रान्समिसन लाइन, बुढीगण्डकी करिडोर ट्रान्समिसन लाइन, दमौली–कुश्मा–बाफिकोट ट्रान्समिसन लाइन, घुन्सा खोला हाइड्रो, तमोर–ढुंगेसाँघु ट्रान्समिसन लाइन, हिटार–शितलपाटी ट्रान्समिसन लाइन, नलगाढ हाइड्रो, जगदुल्ला प्रथम हाइड्रो, उत्तरगंगा स्टोरेज, मकाली सेती कास्केड हाइड्रो र सेती नदी पिकिङ हाइड्रो समेत शोकेसमा राखिएको छ ।

लगानी खोजीमा निजी क्षेत्रका १२ परियोजना

लगानी खोजिरहेका निजी परियोजनाका १२ वटा शोकेसमा रहनेछन्। जसमा निजामती कर्मचारी अपार्टमेन्ट (प्रदेशगत), सुपादेउराली चुनढुंगा, बोजे डोलोमाइट, धुनेसी चुनढुंगा, ग्रेनाइट खानी, आइरन तथा तामा खानीका लागि समेत निजी लगानी खोजी गरिने भएको छ। यसबाहेक फर्निचर उद्योग, बेथानचोक नारायणथान दर्शन केबुलकार तथा लुम्बिनी क्षेत्रमा पेट्रोलियम तथा ग्यास उत्खननका लागि समेत लगानी खोजी गरिने भएको छ। त्यस्तै सिक्लेस अन्नपूर्ण केबुलकार परियोजना, जाल्पादेवी केबुलकार परियोजना, भरतपुर आइल्यान्ड रिसोर्ट तथा वाटरल्यान्ड परियोजना, मध्यकालिगण्डकी हाइड्रो, आइएमई सिमेन्ट, काठमाडौं टेक्निकल स्कुल समेत निजी क्षेत्रले शोकेसमा राख्ने परियोजना हुन्।