अमेरिका, जापान र फिलिपिन्सको समूहद्वारा दक्षिण चीन सागरबारे भ्रम सिर्जना
2024-04-13 16:38:37cri
Share with:

 ११ तारिख अमेरिका, जापान, फिलिपिन्सका नेताहरूले वाशिङ्टनमा पहिलो त्रि-पक्षीय शिखर सम्मेलनको आयोजना गरेका छन्। यी तीन पक्षले संयुक्त वक्तव्य प्रकाशित गरी रक्षा सहयोगलाई बढाएर तथाकथित “इन्डो-प्यासिफिक क्षेत्र, विश्वसुरक्षा र समृद्धि”लाई प्रवर्द्धन गर्नुका साथै "एकपक्षीय रूपमा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्न" को लागि चीनमाथि हस्तक्षेप गर्नेछन् र दक्षिण चीन सागर, पूर्वी चीन सागरलगायत क्षेत्रमा चीनले राष्ट्रिय सार्वभौमिकताको संरक्षण गर्ने गतिविधिमाथि तथाकथित “नजर” पुर्याउने धारणा अघि सारेका छन्।  

 विश्लेषण अनुसार, अमेरिकाले फिलिपिन्सलाई समर्थन गरेबाट दक्षिण चीन सागरमा अराजकता निम्त्याउने मनसाय झल्काइएको छ। यदि पूर्वी एशिया क्षेत्रमा शान्ति भएमा अमेरिकी प्रभूत्ववादी अस्तित्वको औचित्यमाथि प्रश्न उठ्नेछ। दक्षिण चीन सागर विषय नै अमेरिकाले एशिया तथा प्रशान्त क्षेत्र मामिलामा हस्तक्षेप गर्ने निहुँ हो। फिलिपिन्सका पूर्व-राष्ट्रपति रोड्रिगो डुटेर्टेले दक्षिण चीन सागर एकदमै शान्त थियो तर अमेरिकीहरू आएपछि यहाँ झगडाले भरिएको उल्लेख गर्नुभयो।

 

फिलिपिन्सले दक्षिण चीन सागरमा समस्या उत्पन्न गरिरहेको मूलतः अमेरिकाको समर्थन माग्ने प्रदर्शन हो। फिलिपिन्सले यसमार्फत सुरक्षा र सैन्य विषयमा ठूलो मुलुकको समर्थन पाउन र आर्थिक लाभ पाउन खोजेको छ। तर आर्थिक सहयोग नै अमेरिकाले फिलिपिन्सलाई दिएको अर्को चारा हो।

 दक्षिण चीन सागरका टापुहरू चीनको अन्तर्निहित भूभाग हुन् भने दक्षिण चीन सागरमा चीनको क्षेत्रीय सार्वभौमसत्ता र समुद्री अधिकार तथा हितको पर्याप्त ऐतिहासिक र कानूनी आधार छ। चीनले शान्ति वार्तामार्फत क्षेत्रीय सार्वभौमिकता विवादको निरुपण गर्ने अडान लिइरहेको छ तर यसको मतलब यो होइन कि चीनले केही मुलुकको अव्यावहारिक कार्यलाई सहँदै जानेछ। आशियान मुलुकहरूले समष्टिगत रूपमा चीनसँग सम्बन्धलाई अघि बढाएको पृष्ठभूमिमा अमेरिका, जापान, फिलिपिन्स समेत समूहले उल्टो प्रवाह गरी क्षेत्रीय शान्ति र समृद्धि होइन तर द्वन्द र धम्की मात्र बढाएको हो।