पानी छ्याप्ने पर्व आयो
2024-04-13 16:56:50CRI
Share with:

अप्रिल १२ देखि १५ तारिखसम्म युननान प्रान्तमा वार्षिक पानी छ्याप्ने पर्व चलिरहेको छ। सो पर्व युननान प्रान्तको ताइ जाति, दआङ जाति, पुलाङ जातिलगायत अल्पसंख्यक जातिको महत्वपूर्ण पर्व हो साथै पहिलो खेप चीनको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा पनि हो। पर्व अवधिमा मानिसले आपसमा पानी छ्यापेर शुभकामना व्यक्त गर्दछन्। साथै ड्रागन बोटलगायत कार्यक्रमको पनि आयोजना गरिन्छ।