पानीमुनिको यात्रा
2024-04-13 17:01:40CRI
Share with:

विश्वका प्रसिद्ध शहरहरूको अग्रपङ्क्तिमा उने नाम हो, शाङहाई शहर। यो शहरला शाङहाईको मातृ नदी मानिने ह्वाङपू नदीले दुई भागमा विभाजन गरेको छ। यस नदीको दुवै किनारमा अग्ला अग्ला गगनचुम्बी भवनसहित वास्तुकलाका विभिन्न शैलीहरू देख्न पाइन्छ।

शाङहाई शहरको प्रतीकको रूपमा लिइने बण्ड यसै ह्वाङपू नदीको किनारमा अवस्थित छ

यो नदी पार गर्न डुङ्गा तथा साना जहाजमार्फत् जलमार्गको प्रयोग गर्नसकिन्छ साथै पुल र भूमिगत रेल तथा सुरूङ बाटोको यातायात सुविधा पनि छ।

यस भिडियोमा यही सुरूङ बाटो अर्थात् बण्ड साइटसियिङ टनेलको यात्रा अनुभव लिनसकिन्छ। यो ह्वाङपू नदीमुनिको साइटसियिङ टनेल ६४६.७० मिटर लामो छ। करिब ५ मिनेटको यात्रामा विभिन्न विषयवस्तुमा धारित मल्टिमिडिया इफेक्ट्सले यात्राला सहज र रोचक बनाएको छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/