नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’
2024-04-15 15:35:44CRI
Share with:

निर्माण थालेको ५३ महिनापछि नागढुंगासिस्ने खोला सुरुङ सोमबार ब्रेक थ्रुहुने भएको छ सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौँको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुगिनेछ अप्रिल १५ तारिख सोमबार सुरुङको ब्रेक थ्रुहुने नागढुंगासिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताउनुभयो काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किमि दूरीमा पुगिने सिस्ने खोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किमिमै पुगिने भएको आयोजनाले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ

अहिले भने तोकिएकै समयभित्र ‘ब्रेक थ्रु’ गर्ने गरी तयारी गरिएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैशीले बताउनुभयो। ‘फागुनमै यसको ‘ब्रेक थ्रु’ गर्न सकिएको भए अहिले फिनिसिङको काम सुरु भइसक्थ्यो,’ उहाँले भन्नुभयो, ‘अब ‘ब्रेक थ्रु’ हुनासाथ फिनिसिङको काम थालिनेछ ।’

मुख्य सुरुङ २.६८८ किमि र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ । आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले फिनिसिङ भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ/पुराना माग अघि सार्दै धादिङ र काठमाडौँतर्फ एक महिना काम ठप्प पारे । जसले सुरुङ खन्ने काम अघि बढ्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच नौबुँदे सहमतिपछि चैत ६ देखि निर्माण सुरु भएको थियो । अहिले ८/८ घण्टाको सिफ्ट बनाएर सुरुङमा चौबीसै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ । ‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाएर सुरुङ निर्माण गरिएको हो । मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सातवटा द्वार निर्माण गरिएको छ । सुरुङभित्र केही भवितव्य घटना भएमा मुख्य सुरुङबाट छिटो निस्कन आपत्कालीन सुरुङ निर्माण गरिएको आयोजनाका उपआयोजना निर्देशक दुमरुले बताउनुभयो। ‘ब्रेक थ्रु’ पछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ फ्लाइओभर निर्माण धमाधम भइरहेको छ । स्थानीयले अवरोध गर्दा यो खण्डको काम पनि ठप्प बनेको थियो । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन् । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ । धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ । ‘फ्लाइओभर निर्माण र बलम्बुबाट सुरुङसम्म पुग्ने सडक कालोपत्रको काम धमाधम भइरहेको छ,’ दुमरुले भन्नुभयो। सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य नागढुंगा उकालोमा हुने ट्राफिक जामको व्यवस्थापन नै रहेको उहाँको भनाइ छ । मुख्य सुरुङमा दुई लेनको सडक हुनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन् । तर पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् । सीसीक्यामराबाट सुरुङमार्गको निगरानी गरिनेछ । त्यसका लागि काठमाडौंतर्फ प्राविधिक बस्नेछ । सुरुङमार्गमा सवारीसाधन चलाएबापत टोल शुल्क लिनेबारे चर्चा भइरहे पनि यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि २०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि २०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो ।