चीनको निर्माणाधिन आणविक ऊर्जा एकाइ र क्षमता दुवै विश्वको पहिलो स्थानमा
2024-04-15 14:52:57CRI
Share with:

चीनको आणविक ऊर्जा व्यवसाय संघले १५ तारिख “चीनको आणविक ऊर्जा विकास प्रतिवेदन सन् २०२४” शीर्षकको नीलपत्र जारी गरेको छ। सो नीलपत्रले आणविक ऊर्जाको सञ्चालन, सम्बद्ध परियोजनाको निर्माण र वैज्ञानिक-प्राविधिक सिर्जनशीलता आदि विषयबारे वर्तमान चीनको आणविक ऊर्जा व्यवसाय विकास अवस्थाको विस्तृत रूपमा विश्लेषण गरेको छ।

 

नीलपत्रका अनुसार, हालसम्म चीनको निर्माणाधिन अवस्थामा रहेका आणविक ऊर्जा एकाइको संख्या २६ वटा छन् र यसको कुल उत्पादन क्षमता ३ करोड ३ लाख किलोवाट रहेकाले दुवै नै निरन्तररूपमा विश्वको पहिलो स्थानमा रहेको छ।

 

यसका अतिरिक्त चीनको आणविक ऊर्जाको सुरक्षित सञ्चालनले अन्तर्राष्ट्रिय अग्रस्तरलाई कायम राख्दै आएको देखिन्छ। चीनको आणविक ऊर्जा एकाइको पूर्ण अनुपात अमेरिका र रूस लगायतका मुख्य आणविक ऊर्जा मुलुकभन्दा उच्च रहेको पनि उक्त नीलपत्रमा उल्लेख छ।