उज्वेकिस्तानकी विद्यार्थी फारानगीजको चीन बसाइको कथा-१
2024-04-15 09:25:53cri
Share with:

 उज्वेकिस्तानका राष्ट्रपति शाभकाट मिरजियोयेभले चालु वर्षको जनवरी २३ तारिखदेखि २५ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुभएको छ। उहाँले आफ्नो नामसहितको लेखमा “हरेक पटक चीनको भ्रमण गर्दा मैले चीनको सुधार तथा विकास कार्यमा प्राप्त विशाल उपलब्धिलाई लिएर सधैँ प्रशंसा गर्ने गर्दछु” उल्लेख गर्नुभयो। चीनमा बस्ने उज्वेकिस्तानकी विद्यार्थी फारानगीजका लागि प्रेरक शक्ति भरिएको चीनले उहाँलाई सधैँ सुखी अनुभव दिलाएको छ।

 

राम्रो चिनियाँ भाषा बोलेर परम्परागत चिनियाँ पोशाक लगाउने उज्वेकिस्तानकी युवती फारानगीजले सानै उमेरदेखि नै चीनप्रति चासो राख्दै आउनुभएको छ।

 

सात आठ वर्षको हुँदा मेरी दिदी चीनमा अध्ययन गर्दै हुनु हुन्थ्यो। उहाँले मलाई उहाँको चीन बसाइको कथा सुनाउनुभयो, त्यो निकै रमाइलो लाग्यो। त्यस बेलादेखि नै मैले पनि चीनमा अध्ययन गर्न निर्णय गरेकी थिएँ।

 

त्यस बेलादेखि चीनमा अध्ययन गर्ने भन्ने एउटा सानो बीउ उहाँको मनमा रोपिएको थियो। यस लक्ष्यलाई पूरा गर्नका लागि फारानगीजले माध्यमिक विद्यालयमा पढ्दा मिहिनेतसँग चिनियाँ भाषा पढ्नुभयो। धेरै वर्षसम्मको अथक प्रयासपछि सन् २०२१ मा उहाँले चीनको केन्द्रीय जातिय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय शिक्षा विषयमा पढ्ने मौका पाउनुभयो।