धेरै मुलुकद्वारा सम्बन्धित पक्षहरुसँग मध्य पूर्व क्षेत्रको परिस्थितिलाई अरु तनावपूर्ण हुनबाट जोगाउन आह्वान
2024-04-15 10:51:55cri
Share with:

 

स्थानीय समय अनुसार अप्रिल १४ तारिख बिहान सबेरै इरानी सेनाले इजरायलका सम्बन्धित क्षेत्रमाथि क्षेप्यास्त्र तथा मानवरहित विमानबाट आक्रमण गरेको छ। त्यसपछि इजरायलको वायु सेनाका लडाकू विमानले तीमध्येका केही क्षेप्यास्त्र तथा मानवरहित विमान आक्रमणलाई निष्क्रिय पारेको छ।

सोही दिन, रुसको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै सम्बन्धित पक्षहरुसँग संयम गर्न आह्वान गरेको छ।

जोर्डनका राजा अब्दुलाह द्वितीयले गाजा क्षेत्रमा गरिएको आक्रमण तुरुन्तै बन्द गर्नु नै मध्य पूर्व क्षेत्रको स्थितिलाई अझ गम्भिर हुनुबाट जोगाउनका लागि एउटै मात्र उपाय भएको कुरामा जोड दिनुभएको छ।

 

टर्कीको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै इजरायलले सिरियास्थित इरानको राजदूतावासमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानूनसँग विपरित रहेको दाबी गरेको छ।

 

त्यसका अतिरिक्त, ब्राजिल, मेक्सिको, भेनेजुएला तथा कोलम्बिया लगायत ल्याटिन अमेरिकी मुलुकहरुले सम्बन्धित पक्षहरुसँग संयम रहन आह्वान गरेका छन्।