संलग्न मुलुक र मार्काको संख्या दुवैमा नयाँ कीर्तिमान
2024-04-15 14:58:50CRI
Share with:

 

अप्रिल १५ तारिख चौथो चाइना अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला तेस्रो दिनमा प्रवेश भएको छ। चालु वर्षको उपभोग्य वस्तु मेलामा संलग्न मुलुक र मार्काको संख्या दुवैले नयाँ ऐतिहासिक कीर्तिमानको सिर्जना गरेको छ। अधिकांश मुलुकले आपसी संगठित मण्डलको तरिकामार्फत पहिलोपल्ट सो मेलामा भाग लिएका छन्।

 

पहिलोपटक उपभोग्य वस्तु मेलामा सहभागी बेलायती राष्ट्रिय हलले १४ वटा मार्का प्रदर्शनमा राखेको छ। आफ्नो राष्ट्रिय हलको शुभारम्भ समारोहमा क्वाङ चौका लागि बेलायती महावाणिज्य दूत मङ श रानले चिनियाँ भाषाद्वारा तत्स्थानका अतिथि र आगन्तुकहरूसमक्ष चालु वर्ष देखाइने व्यवसाय र उत्पादित वस्तुहरूबारे जानकारी दिनुभएको छ। 

उपभोग्य वस्तु मेलाको ४ नम्बर हलमा जापान, क्यानाडा, हङकङ र मकाउ लगायत विविध मुलुक र क्षेत्रले सँगै मिलेर मण्डलको गठन गरेको देखिन्छ। तीमध्येका अधिकांश व्यवसायहरू धेरैपटक गरी उपभोग्य वस्तु मेलामा सहभागी भएका छन्। ४ नम्बर हलको छेउमा मलेसिया र मङ्गोलियाबाट संगठित राष्ट्रिय हल अवस्थित छ। दुवै देशले पनि पहिलोपटक एक आपसमा मण्डलको संगठन गर्दे उपभोग्य वस्तु मेलामा भाग लिएका हुन्।