“छ्यौ श” पत्रिकाद्वारा सी चिनफिङको “साँस्कृतिक सम्पदाको सँरक्षण र निरन्तरता” शीर्षकको लेख प्रकाशित
2024-04-15 16:08:16CRI
Share with:

अप्रिल १६ तारिख प्रकाशित हुने “छ्यौ श” पत्रिकाको आठौँ अङ्कमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको “साँस्कृतिक सम्पदाको सँरक्षण र निरन्तरता बढाउने, चिनियाँ उत्कृष्ट परम्परागत सँस्कृतिको प्रचार-प्रसार” शीर्षकमा लेख प्रकाशित हुँदैछ। यो सन् २०१३ अगष्ट महिनादेखि सन् २०२३ सेप्टेम्बर महिनासम्म महासचिव सी चिनफिङको महत्वपूर्ण भनाइका केही भागहरू हुन्।

उक्त लेखका अनुसार, चिनियाँ राष्ट्रको सभ्यताको दीर्घकालीन इतिहास छ र यो निरन्तर अगाडि बढीरहेको छ। साँस्कृतिक अवशेष र साँस्कृतिक सम्पदा चिनियाँ राष्ट्रको जीन र रगत हो र पुनःउत्पादन गर्न नसकिने र मेट्न नसकिने साँस्कृतिक स्रोत साधान हुन्। साँस्कृतिक अवशेष र साँस्कृतिक सम्पदा हाम्रो पुस्ताका लागि मात्र होइन र भावी पुस्ताका पनि हुन्।

उक्त लेखमा जनाइए अनुसार, विश्व प्रशस्त सभ्यताबाट गठित भएको छ। चीन विश्वमा सबैभन्दा पवित्र इतिहास र सँस्कृति रहेको मुलुकहरूमध्येको एक हो। चिनियाँ राष्ट्रको सभ्यताले फरक सभ्यताबीचको पारस्परिक सम्झदारी र सम्मानताको प्रशँसा गरिरहेको छ।  विश्वको विभिन्न क्षेत्रले साँस्कृतिक आदान-प्रदान बढाउनुपर्ने, सँस्कृतिको समृद्धि र विकास, साँस्कृतिक सम्पदाको सँरक्षण, साँस्कृतिक आदान-प्रदानलाई अगाडि बढाउनुपर्ने, विश्व सभ्यता प्रस्तावलाई पालना गर्नुपर्ने, मानव भाग्य समुदायको सिर्जना गर्नका लागि दीर्घकालीन साँस्कृतिक शक्ति थपिदिनुपर्ने छ।