एन्टिगुआ र बरबुडाका प्रधानमन्त्रीद्वारा चिनियाँ सहयोगको प्रशँसा
2024-04-15 16:31:49CRI
Share with:

एन्टिगुआ र बरबुडाका  प्रधानमन्त्री गास्टन ब्राउनले सन् २०१८ मा चीन र एन्टिगुआ र बरबुडाले “बेल्ट एण्ड रोड”को सहयोगात्मक स्मृत्ति पत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै दुई पक्षीय सहयोगले दुई मुलुकका जनताहरूका लागि वस्तुगत फाइदा पुर्याएको बताउनुभएको छ। उहाँले चाइना मिडिया ग्रुपसँग अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो।

ब्राउनले अन्तर्वार्ता दिँदै भन्नुभए अनुसार, चीनले दिएको सहुलियत ऋण र विभिन्न सहयोऊ नभए एन्टिगुआ र बरबुडाले सफलताका साथ धेरै परियोजनाहरूको निर्माण गर्न नसक्ने उहाँले बताउनुभयो। उहाँले उदाहरण दिँदै भन्नुभयो जस्तै भनौँ हाम्रो मुलुकको विमानस्थल, टर्मिनलको पुनःनिर्माण र बन्दरगाहको पुनःनिर्माणमा चिनियाँ सहयोग प्राप्त गरेको छ।

मानव भाग्य समुदायसम्बन्धी राष्ट्राध्यक्ष सी चिनफिङको अवधारणाको उहाँले प्रशँसा गर्नुभयो। उहाँले राष्ट्राध्यक्ष सी चिनफिङले व्यावहारिक तरिकामार्फत यो इच्छालाई साकार तुल्याइरहेको र यो अवधारणाले विकासोन्मुख मुलुकहरूका लागि वस्तुतग हित पुर्याउने बताउनुभयो।