नयाँ र पुराना साथीहरू उपभोग्य वस्तु एक्स्पोमा अवसरको आनन्द लिँदै
2024-04-16 19:03:21cri
Share with:

'खुलापनका मौका बाँड्दै राम्रो जीवन सिर्जना गरौँ' भन्ने मूल नारा राखिएको चौथो चाइना अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो (सीआईसीजीएफ) अप्रिल १३ देखि १८ सम्म चीनको हाइनान प्रान्तमा भइरहेको छ।

यस वर्षको सीआईसीजीएफ सन् २०२४ मा चीनको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी हो। सो एक्सपोमा सहभागी उद्यमहरूलाई केलाएर हेर्दा, तीमध्ये लगातार चार वर्षसम्म उपभोक्ता एक्स्पोमा भाग लिँदै आएका पुराना मित्रहरू छन् भने पहिलेका एक्स्पोहरु मन परेर यस पटक पहिलो चोटी भाग लिएका नयाँ साथीहरू पनि छन्। सीआईसीजी चिनियाँ घरेलु र विदेशी बजारमा पारस्परिक लाभ र साझा जीत परिणाम पाउने झ्याल बनेको भन्न सकिन्छ।

३ वर्षअघि चीनको पहिलो राष्ट्रियस्तरीय प्रदर्शनीको रुपमा उपभोक्ता वस्तु एक्स्पो खोलिएको थियो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पहिलो एक्स्पोलाई पठाउनुभएको बधाई सन्देशमा यसरी भन्नुभएको थियोः चाइना अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु एक्स्पोको आयोजनाले गर्दा विश्वव्यापी उपभोग्य वस्तु प्रदर्शन र व्यापारिक प्लेटफर्म प्रदान गरिन्छ, जसले विश्वभरका विभिन्न देशहरूलाई चिनियाँ बजारका अवसरहरूको प्रयोग गर्न, विश्व अर्थतन्त्रको पुनरुत्थान र वृद्धिको प्रवर्द्धन गर्न, र विश्वका लागि अधिक उच्च गुणस्तरीय उपभोक्ता वस्तुहरू प्रदान गर्न मद्दत गर्ने गर्दछ।

पहिलो एक्स्पोदेखि चालु वर्षको चौथो एक्स्पोसम्म, सीआईसीजीएफ विगतको तुलनामा बढी रोमाञ्चक भएको भन्न सकिन्छ। साथै प्रदर्शनी क्षेत्रफल, सहभागी देशहरूको संख्या, ब्रान्डहरूको संख्या र किन्ने व्यापारीहरूको संख्या लगायतका सूचकहरूका नयाँ रेकर्डहरु पनि निरन्तर सिर्जना गरिने भएका छन्। यस वर्षको एक्स्पोमा ७१ वटा देश र क्षेत्रका ४००० भन्दा बढी ब्राण्डको सहभागिता रहेको छ। धेरै भन्दा धेरै विदेशी प्रदर्शकहरूले चीनको उपभोग क्षमताको दोहन गर्ने र एक्स्पोको प्लेटफर्ममार्फत चीनको विकास अवसरहरू बाँड्ने र प्रयोग गर्ने आशा व्यक्त गरेका छन्।

तीमध्ये एक हुनुहुन्छ नेपाली व्यापारी शङ्कर कोइराला। गत वर्ष सीआईसीजीमा आउँदा शङ्करको राम्रो प्रदर्शन थियो, त्यसैले यस वर्ष उहाँ फेरि सीआईसीजीमा आउनुभयो। शाङहाई अन्तर्राष्ट्रिय आयात एक्सपोदेखि हाइनान उपभोग्य वस्तु एक्स्पोसम्म, चीनमा आयोजित विभिन्न प्रदर्शनी र व्यापारिक प्लेटफर्महरूबाट उहाँलाई चिनियाँ बजारको ढोका ढकढक्याउने अवसर दिइएको छ। शङ्कर कोइराला जस्ता "पुराना मित्रहरू" मात्र नभई पहिलो पटक एक्स्पोमा भाग लिएका "नयाँ मित्र" पाकिस्तानी प्रदर्शक हार्पीहरु पनि छन्। हार्पीको बुथमा ऊँटको छालाको बत्ती, जेड र हस्तनिर्मित काश्मीरी स्कार्फ जस्ता सयौं पाकिस्तानी विशेषतायुक्त वस्तुहरूले भरिएको छ। किन्न लाग्ने एक्स्पोका आगन्तुकहरूलाई मात्र आकर्षित गरेको होइन धेरै व्यापारीहरू सहयोगबारे छलफल गर्न आएका छन्। चाहे पुराना मित्रहरु होउन् वा नयाँ मित्र, तिनीहरू सबैले चिनियाँ बजारको विशाल निहित शक्ति देखेका छन् र एक्स्पोको अवसर र प्लेटफर्मको मद्दतले चिनियाँ बजारमा जरा गाडेका छन्।

विश्वव्यापी अर्थव्यवस्थामा बढ्दो अधोगामी दबाब देखा परेको स्थितिमा, उपभोग्य वस्तु एक्स्पो, "चीनले मञ्च सेट गरी विश्वसँग बाँड्ने" प्लेटफर्मबाट प्रभावकारी रूपमा घरेलु र अन्तर्राष्ट्रिय दोहोरो परिसंचरणलाई बढाइँदै छ, विश्वभरका उद्यमहरूका लागि बजार बाँड्न नयाँ अवसरहरू ल्याउँदैछ र साझा जीत सहयोग, र विश्व अर्थव्यवस्था गर्ने क्रममा नयाँ जीवन्त शक्ति प्रदान गर्दैछ।